close

ग्राफिक्स र मल्टी टास्किङका लागि आसुसको राम्रो ल्यापटप, साथमा वाईफाई सिक्स

टेकपाना टेकपाना

असोज २, २०७७ १५:१३

ग्राफिक्स र मल्टी टास्किङका लागि आसुसको राम्रो ल्यापटप, साथमा वाईफाई सिक्स

काठमाडौं । आसुस ल्यापटपको आधिकारिक वितरक नागमणि इन्टरनेश्नलले बहुप्रतिक्षित मोडल रेन्ज भिभोबुक एस१५ एस ५३३ नेपाली बजारमा ल्याएको छ । यस ल्यापटपको डिजाइन एकदमै आकर्षक छ । 

आसुसले यो ल्यापटप डिजिटल समुदायका कन्टेन्ट क्रिएटर, एडिटर र मल्टी-टास्किङ प्रोफेसनलका लागि बनाइएको हो । भर्खरै सार्वजनिक मोडलले प्रयोगकर्तालाई धेरै नै उत्पादकत्व बढाउने दाबी कम्पनीले गरेकाे छ । 

आसुसको भिभो बुक एस१५ को कुरा गर्दा यो एकदमै पातलो र हलुका छ । यसको तौल ३.०९ पाउण्ड रहेको छ भने यसको मोटाई १.५९ एमएम रहेको छ ।

यसको पातलो बेजल नानो एजले राम्रो दृश्य अनुभव प्रदान गर्दछ । यसले धेरै नै कम्प्याक्ट फूटप्रिन्टलाई इनेबल गर्दछ । यसको आकार पनि सानो भएको हुँदा यसले एकदमै कम स्पेस ओगट्छ ।

यसमा भएको एफएचडी आइपीएस डिस्प्लेले वाइड भ्यू एंगल प्रदान गर्दछ । यसमा आउने अतिरिक्त कलरले वास्तविक गहिरो भिजुअल अनुभव  प्रदान गर्दछ । 

यसमा १५.६ इन्चको एलईडी ब्ल्याकलिट फूल एचडी डिस्प्ले छ । यसको कम्प्याक्ट फूटप्रिन्टमा तपाईल धेरै भन्दा धेरै स्क्रिन स्पेस चाहिन्छ ।

एउटै स्क्रिनमा दुईभन्दा धेरै एक्टिभ विण्डोजमा मल्टिटास्क गर्न चाहानेका लागि यो एकदमै राम्रो हुनेछ । 

आसुस भिभोबुक एस १५ मा प्रयोगकर्ताका लागि आवश्यक सबै पर्फमेन्स फिचर छन् । यसमा १० जेनको इन्टेल कोर प्रोसेसर छ ।

यो मल्टी टास्किङ र हाई डेफिनेसन इन्टरटेन्मेन्टका  लागि एकदमै राम्रो हुन्छ । साथै यसमा इन्टेल इन्टिग्रेटेड ग्राफिक्स पनि छ । यसमा ८ जीबीको र्‍याम र ५१२ जीबीको इन्टरनल स्टोरेज छ । 

यसमा इन्टेल पावर वाईफाई सिक्स छ । यसले सुपर फास्ट नेटवर्किङ स्पिड प्रदान गर्छ त्यो वाईफाई फाइभ भन्दा तीन गुणा छिटो हुन्छ ।

यसमा नेटवर्क क्षमता पनि चार गुणा धेरै हुन्छ । ७५ प्रतिशत लोअर लेटेन्सी हुन्छ जसले फोरके युएचडी भिडीयो ट्रान्सफरलाई ७० प्रतिशतले घटाउँछ । 

यो ल्यापटपमा माउस, ब्याग र स्टिकर सेट जस्ता एसेसरिजहरु पनि आउँछन् । 

यसमा जेन्युन विण्डोज टेन होम अपरेटिङ सिस्टम रहेको छ भने एनभिदिया जी फोर्स एमएक्स२५० ग्राफिक्स कार्ड रहेको छ । 

यसमा १.४ एमएमको फूल साइज ब्ल्याक लिट किबोर्ड छ भने इन्टेलिजेन्ट पाम रिजेक्सन, प्रिसिजन टचप्याड पीटीपी प्रविधिको टचप्याड छ । यसमा फोर फिङ्गर गर स्मार्ट जेस्चर र फिङ्गर प्रिन्ट रहेको छ । 

आसुस सोनिक मास्टर स्टेरियो अडियो सिस्टम रहेको छ । म्याक्सिमम अडियो पर्फमेन्सका लागि यसमा स्मार्ट एम्प्लिफायर पनि रहेको छ । साथै कोर्टाना भ्वाइस रिकग्निसन स्पोर्ट पनि छ । ३.५ एमएमको हेडफोन ज्याक यसमा रहेको छ । 

आसुसको यो ल्यापटप दुई भेरियन्ट मोडलमा छन् । एउटा भिभोबुक एस १५ एस ५३३ आइ सेभेन र अर्को भिभोबुक एस १५ एस ५३३ आइ फाइभ रहेका छन् । यी दुवै ल्यापटपको मूल्य क्रमश: १, २८, ८८८ र १, १६, ६६६ रूपैयाँ रहेका छन् । 

यी ल्यापटपहरु ९ सेप्टेम्बरदेखि दराज, नागमणि र अन्य कम्प्युटर स्टोरहरुमा उपलब्ध छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०