close

गुगल प्ले स्टोरबाट यसकारण हट्यो पेटिएम एप

टेकपाना टेकपाना

असोज ३, २०७७ १८:१०

गुगल प्ले स्टोरबाट यसकारण हट्यो पेटिएम एप

काठमाडौं । गुगलले शुक्रबार प्ले स्टोरबाट भारतीय माेबाइल पेमेन्ट कम्पनी पेटिएमकाे एप हटायाे । बारम्बार प्ले स्टोरको नियम उल्लंघन गरेकाे भन्दै गुगलले याे एप हटाएकाे थियाे ।

फेन्टासी गेम चलाइरहेका कारण भारतमा याे एपकाे नयाँ डाउनलाेड निषेध गर्ने कदम गुगलले लिएकाे थियाे । गुगलका अनुसार पेटिएम एपले अनलाइन क्यासिनाे र स्पाेर्ट्स बेटिङ (खेल पूर्व हुने सट्टेबाजी) लाई प्रश्रय दिएकाे छ ।

गुगलले खेलमा सट्टेबाजीका लागि अनलाइन क्यासिनो वा ग्याम्बिलिङ गर्ने एप आफ्नो नियम अन्तर्गत नपर्ने उल्लेख गरेको छ ।

यस्ता एपले सट्टेबाजी गर्ने फिचर राखी प्रयाेगकर्तालाई बाहिरी वेबसाइट लैजान प्रोत्साहन गर्छन्, यसअन्तर्गत सबै प्रयोगकर्ताबाट पैसा असुल्ने र सही अनुमान लगाउनेलाई रकम पुरस्कार दिने गर्छन्छ ।

प्ले स्टोरबाट पेटिएम एप हटाइएकाे केही घण्टामै पुनः एप उपलब्ध भने भयाे । कम्पनीले गुगलकाे शर्त मानी इस्यु फिक्स गरेपछि एप पुन: स्टाेरमा उपलब्ध भएकाे हाे ।

यता आजदेखि इण्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुँदै छ । आईपीएलको एक प्रायोजकमा पेटिएम रहेको छ ।

आईपीएलकै लागि लक्षित गरी अहिले अनलाइन क्यासिनो र खेलमा सट्टेबाजी गर्ने एप सार्वजनिक भइरहेको छ ।

(यसअघि प्रकाशित समाचारमा केही विषय छुटेकाले अद्यावधिक गरिएकाे छ । सं.)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०