close

सस्तो स्मार्टफोनमा यसरी रेकर्ड गर्नुहोस् स्लो मोसन भिडियो

टेकपाना टेकपाना

असोज ३, २०७७ २२:३९

सस्तो स्मार्टफोनमा यसरी रेकर्ड गर्नुहोस् स्लो मोसन भिडियो

काठमाडौं । स्लो मोसन भिडियो सिर्जनात्मक कार्य भएकाले पनि यो आकर्षक हुने गर्दछ । सामान्यतया स्लो मोसन भिडियोको फिचर महंगा स्मार्टफोनमा आउने गर्छ ।

तर तपाईंसँग महंगो फोन छैन भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईंलाई सस्ता स्मार्टफोनमा कसरी स्लो मोसन भिडियो बनाउन सकिन्छ भन्ने बारेमा बताउँदै छौं ।

स्लो मोसन भिडियो एफएक्स

तपाईंसँग सस्तो एन्ड्रोइड स्मार्टफोन छ भने स्लो मोसन भिडियो तयार पार्न एफएक्स एपको सहयोग लिन सक्नुहुन्छ । यो एपले केवल स्लो मोसन भिडियो रेकर्ड गर्ने विकल्प मात्रै दिँदैन, सँगसँगै तपाईंलाई सामान्य रुपमा रेकर्ड गरिएको भिडियोलाई समेत स्लो मोसनमा रुपान्तरण गर्ने सुविधा समेत दिन्छ ।

यो एपको युजर इन्टरफेस निकै सामान्य छ । यसमा रेकर्डको समयमा तपाईंले इफेक्ट पनि राख्न सक्नुहुन्छ । यसमा स्लो मोसन भिडियो रेकर्ड गर्न एप खोलेर स्टार्ट स्लो मोसन बटनमा दबाउनुहोस् ।

यो बटन दबाइसकेपछि तपाईंलाई स्लो मोसन भिडियो रेकर्ड र स्लो मोसनमा कन्भर्टको विकल्प सोधिनेछ । जसै तपाईं यसमा भिडियो रेकर्ड वा कन्भर्टको अप्सन छान्नुहुन्छ, त्यसमा तपाईंलाई शून्यदेखि एकबीच जुनसुकै स्पीड सेट गर्ने विकल्प पाउनुहुनेछ ।

यसमा तपाईं स्पिड शून्यको जति नजिकतिर लैजानुहुन्छ भिडियोको स्पिड त्यति नै स्लो हुँदै जान्छ । यदि तपाईं भिडियोलाई सामान्यभन्दा फास्ट गराउन चाहनुहुन्छ भने त्यसको विकल्प समेत यसमा पाउनुहुनेछ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

भिडियोशप-भिडियो एडिटर

एन्ड्रोइड स्मार्टफोनका लागि यो निकै लोकप्रिय भिडियो एडिटिङ एप हो । यसमा तपाईंले स्लो मोसन भिडियोका साथै भिडियो स्ट्रिमिङ गर्ने, म्युजिक जोड्ने, कलर ब्यालेन्स मिलाउने, एनिमेसन बनाउने र आवाज भर्ने सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ ।

यसको सबैभन्दा राम्रो विशेषता के छ भने यो एपले एउटा भिडियो क्लिपको निश्चित हिस्सालाई छानेर स्लो मोसन इफेक्ट अपनाउने विकल्प दिन्छ । यसमा स्लो मोसनको इफेक्ट अप्लाई गर्नका लागि स्पिड बटनमा ट्याप गर्नुपर्ने हुन्छ ।

त्यसपछि भिडियोको निश्चित हिस्सालाई छनौंट गर्नुहोस्, जसलाई तपाईं स्लो मोसनमा रुपान्तरण गर्न चाहनुहुन्छ । त्यसपछि माथि रहेको स्लाइडरको सहयोगमा स्पिडलाई मिलाउनुहोस् । यो प्रक्रिया पुरा गरेपछि डन बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको स्लो मोसन भिडियो तयार हुन्छ ।

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०