close

स्मार्टफोन ह्याङ र स्लो हुने समस्या छ ? अपनाउनुहोस् यी १० टिप्स

टेकपाना टेकपाना

असोज ४, २०७७ ९:१८

स्मार्टफोन ह्याङ र स्लो हुने समस्या छ ? अपनाउनुहोस् यी १० टिप्स

काठमाडौं । स्मार्टफोनको प्रयोग बढ्दै जाँदा हाम्रा लगभग सबै जसो डेटा फोनमै रहने गर्दछन् । तस्वीर, डकुमेन्ट, गीत, भिडियो, फिल्म, एप जस्ता अनेकौं सामाग्रीले हाम्रो फोन भरिएको हुन्छ । 

यस्ता डेटा थुप्रिदै जाँदा विस्तारै फोन ह्याङ हुन थाल्छ । स्मार्टफोनका धेरैजसो प्रयोगकर्ताले स्लो चल्ने वा ह्याङ हुने समस्या भोगिरहेकै हुन्छन् । 

यस्तोमा फोनमा एप खुल्न लामो समय लाग्ने, भिडियो अड्किएर चल्ने, ट्याप गर्दा एक्सन नदेखिने वा ढिलो गरी देखिने आदि कारणले हैरान बनाइरहेको हुन्छ । कहिले काहिँ त तपाईं हतार हतार अफिसका केही काम स्मार्टफोनबाट नै खोज्नुहुन्छ होला । 

फोन ह्याङ हुने समस्या छ भने तपाईंको तनाव अझ बढ्छ । यदि तपाईंको स्मार्टफोनमा यस किसिमको ह्याङ हुने वा स्लो चल्ने समस्या छ भने आज हामी तपाईंलाई समाधानका केही टिप्स बताउँदै छौं । 

  • फोन ह्याङ हुनबाट रोक्नका लागि तपाईंले आफ्नो स्मार्टफोनमा अटो डाउनलोडलाई बन्द गर्नुपर्ने हुन्छ । यसका लागि सुरुमा फोनको सेटिङ हुँदै सफ्टवेयर अपडेटमा जानुहोस् । जहाँ तपाईंले अटो डाउनलोडको विकल्प देख्नुहुनेछ । यसलाई बन्द गरिदिनुहोस् । 
  • यसैगरी आफ्नो स्मार्टफोनमा एपको अटो अपडेट पनि बन्द गरेर राख्नुहोस् । त्यसका लागि प्ले स्टोरको सेटिङमा गएर ‘डन्ट अटो अपडेट एप्स’ मा ट्याप गर्नुहोस् । 
  • त्यस्तै आफ्नो फोनको अकाउण्ट एण्ड ब्याकअप सेटिङमा जानुहोस् । त्यसमा सबैभन्दा तल अटो सिंक डेटाको अप्सन रहेको छ, त्यसलाई बन्द गरिदिनुहोस् । यसबाट तपाईंको फोन अनावश्यक डेटाबाट भरिने छैन । 
  • सँगसँगै फोन ह्याङ हुन नदिन रिसेन्ट वा नेभिगेसन बटनमा दबाएर त्यहाँ रहेका एप क्लियर गरिदिनुहोस् । यसका साथै ब्याकग्राउण्डमा चल्ने एपसमेत बन्द गरिदिनुहोस् । 
  • जुन एप त्यति धेरै प्रयोगमा आउन्न, त्यसलाई एप सेक्सनमा गएर डिलिट गर्नुहोस् । यसका लागि तपाईं डिलिट गर्न चाहेको एपमा लामो समयसम्म दबाएर समेत अनइन्स्टल गर्न सक्नुहुन्छ । जसले गर्दा तपाईंको फोनको मेमोरी केही हदसम्म भए पनि खाली हुनेछ । 
  • स्मार्टफोनको पृष्ठभूमिमा चल्ने प्रोसेसलाई समेत बन्द गरिदिनुहोस् । त्यसका लागि आफ्नो फोनको सेटिङमा जानुहोस्  । त्यसमा सबैभन्दा तल रहेको अबाउट फोनमा ट्याप गर्नुहोस् । जसमा तपाईंले फोनको डेभलपर अप्सन फेला पार्नु हुनेछ ।
  • त्यसलाई तपाईं अबाउट फोन अप्सनको तल देख्नुहुनेछ । त्यसपछि नो ब्याक ग्राउण्ड प्रोसेसमा दबाउनुहोस् । यसो गर्दा फोनको ब्याकग्राउण्डमा कुनै पनि एप प्रोसेस हुने छैन । 
  • मोबाइलको सेटिङमा जानु होस् । त्यहाँ रहेको अबाउट फोनमा दबाउनुहोस् । फेला पार्नुभएन भने यो अप्सन सिस्टम भित्र हुनसक्छ । अब तपाईंले त्यहाँ बिल्ड नम्बर देख्न सक्नुहुनेछ । त्यसमा लगातार छ-सात पटक थिच्नुहोस् ।
  • अब डेभलपर अप्सनमा प्रवेश गर्नुहोस् र त्यसलाई अन गर्नुहोस् । जब तपाईं डेभलपर अप्सन खोल्नुहुन्छ, त्यससँगै अनेकौं अप्सनहरु देख्न सक्नुहुनेछ । अब यसमा रहेका विण्डो एनिमेसन जूम, ट्रान्जिसन एनिमेसन स्केल र एनिमेटर ड्युरेसन स्केललाई बन्द गरिदिनुहोस् ।
  • फोनको स्टोरेज तथा फाइल्सभित्र रहेको क्यास डेटा तथा मेमोरीलाई नियमित रुपमा डिलिट गर्ने बानी बसाल्नुहोस् । यस बाहेक होम स्क्रिनमा रहेको सकेसम्म थोरै आइकन मात्र राख्नुहोस् । अनावश्यक तथा अतिरिक्त फाइलहरु डिलिट गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०