वायरलेस चार्जिङ र ८ जीबी र्‍याम सहित सामसङको फाइभजी फोन आउँदै

काठमाडौं । बजारमा आउने तयारीमा रहेको सामसङकाे अर्काे फ्ल्यागसिप माेडल ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनका विषयमा स्मार्टफाेन पारखीहरूबीच चर्चा चलिरहेकाे छ । कोभिड १९ को महामारीका बाबजुद सामसङले एकपछि अर्काे नयाँ प्रडक्ट ल्याइरहेकाे छ ।

यही सेप्टेम्बर २३ मा सामसङकाे अनप्याक्ड भर्चअल प्रिजेन्टेशन हुँदैछ ।  ‘प्रत्येक फ्यानका लागि ग्यालेक्सी अनप्याक्ड’ शीर्षकमा हुने यो इभेन्टमा सामसङले ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनको आधिकारिक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

एप्पलकाे आईफोन इलोभन र वान प्लस एटलाई कडा टक्कर दिन सामसङले याे फाेन ल्याएको विश्लेषण गरिएको छ।

फाइभजी भेरियन्टमा आउने ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनमा क्वालकमकाे फ्ल्यागसिप स्न्यापड्रागन ८६५ प्रोसेसर रहेको छ ।

८ जीबी र्‍याम र १२८ जीबी स्टाेरेज रहेकाे फाेनमा २५ वाटकाे फास्ट चार्जिङ सहित ४५ सय एमएएचकाे ब्याट्री रहेकाे छ । साथमा यसमा वायरलेस चार्जिङ सपाेर्ट र आईपी६८ वाटर रेसिस्टान्स रहेकाे छ ।

क्यामेराकाे कुरा गर्दा फाेनकाे पछाडि तीनवटा क्यामेरा सेटअप छ । यसअन्तर्गत १२ मेगापिक्सेलकाे मुख्य सेन्सर, १२ मेगापिक्सेलकाे अल्ट्रा वाइड लेन्स र ८ मेगापिक्सेलकाे टेलिफाेटाे लेन्स रहेकाे छ ।

फाेनमा यसमा १२० हर्ज डिस्प्ले र तर यसको मूल्यका बारेमा जानकारी दिइएको छैन । याे फाेन रेड, डार्क ब्लु, पिंक र मिन्ट ग्रिन कलरका फाेन आउने जनाइएको छ ।

तुलनात्मक रूपमा थाेरै मूल्यमा उपलब्ध हुने याे फाेनमा १२० हर्ज रिफ्रेस रेटसहितकाे ६.५ इन्चकाे फुल एचडी प्लस सुपर एमाेलेड डिस्प्ले रहेकाे छ । फाेनकाे दाँयापट्टि फिङ्गरप्रिन्ट स्क्यानर हरकाे छ ।

मूल्य कति हाेला ?

फाेनकाे मूल्य त इभेन्टकै दाैरान मात्र सार्वजनिक हुनेछ । यसका लागि हामीले प्रतिक्षा गर्नैपर्छ । तर याे ग्यालेक्सी एस ट्वान्टीभन्दा सस्ताे चैं पक्का हुनेछ । यसकाे मूल्य ७८ हजार रूपैयाँभन्दा माथि हुने विश्लेषण गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team