close

ब्लुटूथको कमजोरीका कारण अरबौं स्मार्टफोन ह्याकरको निशानामा

टेकपाना टेकपाना

असोज ४, २०७७ १८:४९

ब्लुटूथको कमजोरीका कारण अरबौं स्मार्टफोन ह्याकरको निशानामा

काठमाडौं । ब्लुटूथमा रहेको कमजोरीका कारण विश्वभरका अरबौं स्मार्टफोन र अन्य विद्युतीय उपकरण असुरक्षित भएको निश्कर्ष एक अनुसन्धानले निकालेको छ ।

स्मार्टफोन, ट्याब्लेट, ल्यापटप र अन्य आईओटी डिभाइसमा रहेको ‘ब्लुटूथ लो इनर्जी’ (बिएलई) प्रोटोकलमा स्पुफिङ अट्याक भएको अनुसन्धानले उल्लेख गरेको छ ।

यसबाट सबैभन्दा बढी एन्ड्रोइड डिभाइसहरु प्रभावित भएका छन् । एप्पलले भने आईओएस १३.४ र आईप्याड १३.४ मा यो समस्याको समाधान (प्याच) गरिसकेको छ ।

अनुसन्धान अनुसार यसले डिभाइसहरुको पेयरिङ भल्नेरेबिलिटीमा भन्दा पनि प्रोटोकलकै रिकनेक्सन प्रक्रियालाई निशाना बनाउँछ ।

पर्ड्यु विश्वविद्यालयको टिमले सो भल्नेरेबिलिटीलाई पत्तो लगाएकाे हाे । याे अट्याकबाट भल्नेरबिलिटी डिभाइसमा स्पूफ अर्थात् स्क्याम डेटा आउने बताइएको छ ।

यसले डिभाइसलाई नराम्ररी असर गर्दछ । तर यो भल्नेरेबिलिटीले विण्डोज डिभाइसलाई असर गर्दैन ।

ब्लुटूथ लो एनर्जी डिभाइसहरुको प्रयोग विश्वमा बाक्लो रहेको कारण यस किसिमको अट्याकको खतरामा विश्वभरीका अरबाै‌ डिभाइसहरु रहेका हुन सक्छन् ।

ब्लुटूथ सफ्टवेयर स्ट्याक प्रयोग गर्ने सम्पूर्ण स्मार्टफोन, ट्याब्लेट, ल्यापटप र अन्य आईओटी डिभाइसहरु अहिले यो नयाँ सुरक्षा खतराको जोखिममा परेका छन् । 

बीएलईएसए ओरिजिनल ब्लूटुथ क्लासिक स्ट्याण्डर्डको पातलो भर्सन हो । तर ब्लुटूथ कनेक्सनलाई लामो समयसम्म टिकाइराख्न थोरै ब्याट्री पावर खर्च गर्ने किसिमले यसलाई डिजाइन गरिएको छ । 

ब्याट्री सेभिङ फिचरकै कारण बीएलई बितेको दशकमा एकदमै व्यापक रुपमा प्रयोग भयो । हरेक ब्याट्री पावर डिभाइसहरुका लागि यो सर्वाधिक प्रयोग हुने प्रविधि बन्यो । 

यसको व्यापक प्रयोगकै कारण अनुसन्धानकर्ताले यसमाथि निरन्तर अनुसन्धान गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०