close

दशैंमा डिशहोमको डबल धमाका, ग्राहकलाई एक लाख जित्ने अवसर

टेकपाना टेकपाना

असोज ४, २०७७ १६:२७

दशैंमा डिशहोमको डबल धमाका, ग्राहकलाई एक लाख जित्ने अवसर

काठमााडौं । डिशहोमले आफ्ना ग्राहकका लागि ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर सञ्चालन गरिरहेको छ । यस अफरलाई डिशहोमले दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलर दाई मार्फत फन्ड ट्रान्सफरबाट वाार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ वर्षे रिचार्जमा विक्ली लक्की ड्मा डबल मौका प्राप्त हुनेछ ।

हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु. एक/एक लाख नगद उपहार यस अफर मार्फत जित्नेछन् ।

साप्ताहिक लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको सिएएस आईडीको आधारमा गरिन्छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० र रमाइलो टिभीमा साप्ताहिक ड्रकाे प्रत्यक्ष प्रसारण हुनेछ ।

अनलाइन मार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने छ ।

फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०