close

अब सहकारीमा सम्पत्ति शुद्धीकरण हुन नदिने सफ्टवेयर

टेकपाना टेकपाना

असोज ४, २०७७ २१:१३

अब सहकारीमा सम्पत्ति शुद्धीकरण हुन नदिने सफ्टवेयर

काठमाडौं । अब सहकारी संस्थाका ग्राहकलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट सफ्टवेयरले नै रोक्ने भएको छ । सहकारीहरुमा ट्रस्टएमल सिस्टम प्रयोग गरी यस किसिमको गतिविधि रोक्न डेटम सिस्टम्स प्रालि र इन्फोडेभलपर्स प्रालिबीच सहकार्य सुरु भएको हो ।

यो सिस्टम डेटमले विकास गरेको हो भने इन्फो डेभलर्स सहकारी संस्थाहरुमा बैंकिङ सफ्टवेयर उपलब्ध गराउने अग्रणी संस्था हो । दुई पक्षबीच भएको समझदारीपत्र मा डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत  गिरिश दाहाल र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले हस्ताक्षर गरे ।

जसअनुसार सहकारी संस्थाहरुले अब अत्यन्त सरलिकृत रुपमा  सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण ऐन, २०६४ र सहकारी बिभागले समय समयमा दिएका निर्देशन अनुसार  ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमामा जोखिम निर्धारण गर्न सक्नेछन ।  

साथै ग्राहकको पेशा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरी च्यानलसमेतको आधारमा जोखिम निर्धारण गर्न सकिने बताइएको छ । यसले ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्नेछ ।

साथै सहकारी संस्थाहरुले ग्राहक, वास्तविक धनी वा कारोबारको सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन । यसका अतिरिक्त  ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछन् ।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सहकारी संस्थामा भएको प्रावधान कार्यान्वयन गर्न आवश्यक साधन, स्रोत, प्रविधि र ज्ञान सहकारी संस्थासम्म पुर्‍याउन यो समझदारी कोशेढुंगा हुने बताउए ।  

बैंकिंग सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धीकरण निवारणको कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्यबाट नेपालमा छरिएर रहेका सहकारी संस्थाहरुले लाभ लिन सक्ने भएका छन् । यो सहकार्यले सफ्टवेयर सस्तो र सुलभ रुपमा उपलब्ध हुने बताइएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय लक्ष र  सन् २०२१ मा हुने  परस्पर मूल्यांकनमा पुग्न सहयोग मिल्ने विश्वास इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत रघुबंशीले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०