close

रेबानसँगको सहकार्यमा स्मार्ट ग्लास ल्याउँदै फेसबुक

टेकपाना टेकपाना

असोज ५, २०७७ १०:५८

रेबानसँगको सहकार्यमा स्मार्ट ग्लास ल्याउँदै फेसबुक

काठमाडौं । फेसबुकले आउँदो साल सन् २०२१ मा आफ्नो पहिलो स्मार्ट ग्लास सार्वजनिक गर्ने भएको छ । फेसबुकले स्मार्ट ग्लास ल्याउन रेबानको निर्माता लक्सोटिकासँग सहकार्य थालेको हो । 

यसको घोषणा हालै भएको फेसबुक कनेक्ट भर्चुअल कन्फ्रन्सको दौरान भएको थियो । जहाँ कम्पनीले आउँदो पुस्ताको क्वेस्ट टू वायरलेस भीआर हेडसेटको डेमो प्रदर्शन गरेको थियो । 

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले फेसबुक कनेक्ट इभेन्टको समयमा आफूले फ्याक्टी भिजिट गर्दा तथा एसिरो लक्सोटिकाको टिमसँग समय बिताएपछि उनीहरु राम्रो साझेदार भएको महसुस गरेको बताएका थिए । त्यसक्रममा भनेका थिए, ‘हामी उनीहरुसँगको सहकार्यमा उन्नत प्रविधिसहित स्तरीय ग्लासहरु ल्याउन सक्छौं ।’

कस्तो होला फिचर ?

रेबानका स्मार्ट ग्लासहरुमा केवल इन्टिग्रेटेड डिस्प्ले मात्रै हुने छैन, सँगसँगै भ्वाइस असिस्टेन्सबाट समेत लैस हुनेछ । यसलाई स्मार्टफोनसँग पेयर गर्न सकिनेछ । 

यसको मतलव स्मार्ट ग्लासले एकदमै स्न्याप स्पेक्टाक्लस तथा अमेजन इको फ्रेमले जस्तै काम गर्नेछ । 

यद्यपी फेसबुकले स्मार्ट ग्लासको नाम के हुनेछ र त्यसको मुल्य कति हुनेछ भन्ने जस्ता विषयको जानकारी भने बाहिर ल्याएको छैन । 

फेसबुकले एक ब्लग पोस्टमा भनेको छ, ‘हामी सन् २०२१ मा रेबान ब्राण्डेड स्मार्ट ग्लासको एक जोडी बनाउने छौं र त्यसलाई सार्वजनिक गर्ने छौं । जसले इनोभेटिभ प्रविधि तथा फेशन फरवार्ड स्टाइललाई एकआपसमा जोड्नेछ र मानिसहरुलाई साथी तथा परिवारसँग अझ राम्रोसँग सम्पर्कमा रहन सहयोग पुर्‍याउनेछ ।’

यद्यपी लक्सोटिकासँग फेसबुकको साझेदारी कम्पनीको आरिया रिसर्च प्रोटोटाइप प्रोजेक्टभन्दा फरक हुनेछ । जसमा कम्पनीले एआर ग्लासमा काम गरिरहेको छ । 

यसै महिनादेखि क्याम्पस र सर्वसाधारणमा स्मार्ट ग्लासको परीक्षण सुरु गरिने कम्पनीले बताएको छ । 

त्यसो त अग्मेन्टेड रियालिटी तथा स्मार्ट ग्लासमा काम गर्नेमा मार्क जुकरबर्गको फेसबुक मात्रै एक्लो कम्पनी होइन । गुगल, एप्पल लगायतका अन्य कम्पनीहरुले समेत एआर ग्लासमा काम गरिरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०