close

विदेशी च्यानलमा स्वदेशी विज्ञापन समेत हाल्न नमिल्ने गरी क्लिन फिड लागू गर्न समितिको निर्देशन

टेकपाना टेकपाना

असोज ५, २०७७ १५:२६

विदेशी च्यानलमा स्वदेशी विज्ञापन समेत हाल्न नमिल्ने गरी क्लिन फिड लागू गर्न समितिको निर्देशन

काठमाडौं । कात्तिक ८ गतेबाटै ‘क्लिन फिड’ अर्थात विज्ञापनरहित विदेशी च्यानल प्रसारणको निति कार्यान्वयन गर्न विकास समितिले निर्देशन दिएको छ ।

सोमबार समितिमा विज्ञापन (नियमन गर्ने) ऐन कार्यान्वयनका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लगायत सम्बद्ध पदाधिकारीसँग छलफल भएकाे थियो ।

उक्त ऐन गत वर्ष कार्तिक ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । त्यसको एक वर्षपछि अर्थात आउँदो कात्तिक ८ गतेदेखि याे ऐन कार्यान्वयनमा आउँदै छ ।

उक्त एन कार्यान्वयनका लागि कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ बमोजिम डाउनलिंक अनुमति लिएर प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश दिएको छ ।

साथै समितिले स्वेदेशी टेलिभिजनलाई प्रवर्द्धन गर्न विदेशी टेलिभिजनको प्रसारणमा नेपाली विज्ञापन हाल्ने निति (फिड इन) नलिन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै ऐनको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापनरहित हुन सक्ने विदेशी टेलिभिजनको प्रसारण रोक्न मन्त्रालयले चालेका कदमको बारेमा जनकारी गराउने निर्देशन दिइएको छ ।

साथै ऐन कार्यान्वयन गर्दा नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा हुन्छ भन्ने जानकारी र त्यसको सकारात्मक/नकारात्मक असरबारे १५ दिनभित्र समितिमा प्रतिवेदन बुझाउन समेत मन्त्रालयलाई निर्देशन दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०