close

भायनेटको ब्राण्ड एम्बेस्डरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का

टेकपाना टेकपाना

असोज ५, २०७७ २०:५६

भायनेटको ब्राण्ड एम्बेस्डरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का

नेपालको लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले कलाकारको वास्तविक जोडीलाई आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । दुई दशक पुरानो कम्पनीले नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको जोडीलाई आफ्नो ब्राण्ड एम्बेस्डर बनाएको हो ।


रिल र रियल लाइफ कपलको रुपमा देशभर परिचित यो जोडीले सँगसँगै मात्र होइन छुट्टा छुट्टै रुपमा थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

कलाकार जोडीले भायनेटसँगको करार सम्झौता गर्न पाउँदा आफूहरु निकै उत्साहित रहेको बताएको छ । डिजिटल सञ्चारको माध्यमको रुपमा इन्टरनेट सेवाप्रदायकको महत्व बारेमा यो जोडीले प्रवर्द्धनको काम गर्नेछ ।

आफ्ना प्रयोगकर्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन लगातार रुपमा काम गरिरहेको बताउँदै भायनेटले यो सहकार्यपश्चात जनस्तरबाट थप सकारात्मक प्रतिक्रिया प्राप्त हुने आशा व्यक्त गरेको छ ।

‘यो सहकार्य पश्चात हामीले थप मानिसहरुलाई जोड्न सहयोग पुग्नेमा हामी आशावादी छौं,’ कम्पनीले भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०