close

आज राति टेलिकमको सेवा प्रभावित हुने

टेकपाना टेकपाना

असोज ५, २०७७ २०:५१

आज राति टेलिकमको सेवा प्रभावित हुने

काठमाडौं । आज राति नेपाल टेलिकमको सेवा प्रभावित हुन सक्ने देखिएको छ । कम्पनीले बिलिङ सिस्टम मर्मत सम्भारका कारण राति ११ः३० देखि आधा घण्टासम्म आफ्नो सेवा प्रभावित हुनसक्ने जनाएको हो ।

टेलिकमका अनुसार त्यस अवधिमा कम्पनीको प्याकेज सब्सक्रिप्सन तथा बाँकी ब्यालेन्सको भोलुमको जानकारी लिने सम्बन्धमा केही समस्या आउन सक्नेछ । यस बाहेकका अन्य सम्पूर्ण सेवाहरु यथावत रुपमा सञ्चालनमा रहने छन् ।

टेलिकमले सेवामा उत्पन्न हुने समस्याबाट पर्न जाने असुविधा प्रति क्षमायाचना गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०