close

अब अनलाइनबाटै यसरी लिनुहोस् लाइसेन्स वा ब्लुबुक हराएको सिफारिस

टेकपाना टेकपाना

असोज ६, २०७७ ९:५१

अब अनलाइनबाटै यसरी लिनुहोस् लाइसेन्स वा ब्लुबुक हराएको सिफारिस

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र वा ब्लुबुक हराएमा सिफारिसका लागि ट्राफिक कार्यालय धाउनै नपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि सवारीसम्बन्धी कागजात हराएको सिफारिस अनलाइनबाटै लिन सकिने व्यवस्था मिलाएको हो ।

महाशाखाका अनुसार यसअघि दैनिक करिब दुई सयको हाराहारीमा सेवाग्राहीहरु हराएको लाइसेन्स, ब्लुबुक र सवारी इजाजतपत्रको लागि धाउने गरेका थिए । अनलाइन सेवासँगै अब उनीहरुले घरबाटै ट्राफिक प्रहरीको सिफारिसपत्र प्राप्त गर्न सक्ने भएका छन् ।

सिफारिसका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

ट्राफिक प्रहरीको सिफारिसका लागि अनलाइन आवेदन भर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

अब आवेदन भर्न सुरुमा डकुमेन्ट टाइपमा क्लिक गरी कागजातको प्रकार छनौट गर्नुहोस् ।

त्यसमा नाम, फोन नम्बर, प्रदेश, जिल्ला, गाउँपालिका तथा नगरपालिका, परिचय खुल्ने कागजात जस्ता विवरण भर्नुहोस् र अन्तिममा रहेको सब्मिट बटन थिच्नुहोस् ।

सेवाग्राहीले अनलाइन आवेदन भरेको २४ घण्टाभित्र सिफारिस प्राप्त गर्न सक्नेछन् । आवेदन भरिसकेपछि आफ्नो सिफारिसपत्र तयार भएको वा नभएको थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि आवेदन नम्बर, नाम र कागजातको नम्बर राखेर अन्तिममा रहेको चेक बटन थिच्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०