close

ट्वीटरको फोटो प्रिभ्युमा कालो र गोरो अनुहारमा विभेद !

टेकपाना टेकपाना

असोज ६, २०७७ ११:२३

ट्वीटरको फोटो प्रिभ्युमा कालो र गोरो अनुहारमा विभेद !

काठमाडौं । ट्वीटरको पिक्चर क्रपिङ अल्गोरिदमले कालोलाई छोडेर गोरो छालालाई प्राथमिकता दिएको पाइएपछि कम्पनीले अनुसन्धान थालेको छ । 

जब गोरो र कालो अनुहार भएका दुई फोटो ट्वीटर पोस्टमा राखिन्थ्यो तब मोबाइलमा त्यो पोस्टको गोरो अनुहार मात्र अधिकांश समय देखिने गरेको प्रयोगकर्ताहरुले पाएका थिए । 

ट्वीटरले उक्त एल्गोरिदम विकासको क्रममा आफूहरुले जातीय तथा लैगिंक असमानताको पक्षहरुलाई पनि परीक्षण गरेको बताएको छ । यद्यपि यसमा अझै धेरै काम गर्न बाँकी रहेको ट्वीटरले स्वीकारेको छ  । 

भ्यानकोभर स्थित एउटा विश्विविद्यालयका म्यानेजर कोलिन म्याडल्याण्डले जूम भिडियो कन्फ्रेन्समा एकजना सहकर्मीको टाउको हराए पछि ट्रबलसूट गर्दा यो पछिल्लो विवाद उत्पन्न भएको हो । 

उक्त सफ्टवेयरले कालो व्यक्तिको टाउकोलाई ब्याकग्राउण्डकै भाग सम्झेर हटाइदिएको थियो । 

तर जब म्याडल्याण्डले यो कुरा ट्वीटरमा राखे, तब ट्वीटरले पनि मोबाइल एप प्रिभ्युमा उनको साथीलाई काटेर उनको तस्विरमा मात्र देखाएको पाए ।

उनले तस्वीरको संरचनालाई बदल्दा पनि ट्वीटरको एल्गोरिदमले त्यस्तै प्रिभ्यु देखाइरह्यो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०