close

सीजीका डिलरमा सिटिजन्स स्मार्टबाट क्यूआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज ६, २०७७ १५:२

सीजीका डिलरमा सिटिजन्स स्मार्टबाट क्यूआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंकले क्यूआर भुक्तानीमा आकर्षक अफर ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सीजीका डिलरको क्यूआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट दिने भएको हो ।

बैंकका अनुसार देशभर दुई सयभन्दा बढी संख्यामा रहेका सीजीका डिलरमा यस्तो छुट उपलब्ध छ । सीजी डिजिटल सिटिजन्स बैंकको मर्चेन्टको रुपमा रहेको छ ।

सीजीका डिलरमा राखिएको क्यूआरमा जुनसुकै बैंकको मोबाइल बैंकिङ एप र ईसेवाबाट क्यूआर स्क्यान गरी इलेक्ट्रोनिक सामग्रीहरुको भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०