close

अस्ट्रेलियामा कार्यरत ह्वावेका हजारौं कर्मचारीको जागिर गुम्दै

टेकपाना टेकपाना

असोज ६, २०७७ १६:४८

अस्ट्रेलियामा कार्यरत ह्वावेका हजारौं कर्मचारीको जागिर गुम्दै

काठमाडौं । फाइभजी माथिको प्रतिबन्धसँगै अस्ट्रेलियमा कार्यरत ह्वावेका हजारौं कर्मचारीले रोजगारी गुमाउन भएका छन् । सन् २०१९ मा राष्ट्रिय सुरक्षाका कारण भन्दै अस्ट्रेलियन सरकारले ह्वावेलाई फाइभजी परियोजनामा सहभागी नगराउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयसँगै ह्वावेले अस्ट्रेलियामा रिसर्च एण्ड डेभलपमेन्टको क्षेत्रमा गर्दै आएको लगानीमा सय मिलियन अस्ट्रेलियन डलर अर्थात आठ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी कटौती गरेको छ । सँगसँगै त्यसयता हजार भन्दा बढी कर्मचारीले रोजगार गुमाइसकेका छन् ।

‘सरकारले सन् २०१९ मा लिएको निर्णयले हालसम्म धेरै तलव बुझ्ने हजार भन्दाबढीले रोजगारी गुमाइसकेक‍ा छन्,’ ह्वावे अस्ट्रेलियाका कर्पोरेट अफेयर प्रमुख जेरेमी मिचेलले भनेका छन्, ‘यो क्रम निरन्तर रहने छ । यो साइबर युद्धबाट देशले धेरै कुरा गुमाउनुपर्नेछ ।’

यसअघि कम्पनीले विगत नौ वर्षदेखी प्रायोजन गर्दै आएको अस्ट्रेलियन रग्बी लिगबाट समेत बाहिरिने निर्णय गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०