close

आईओएस १४ मा डिफल्ट ईमेल एपको रूपमा जिमेल रहने

टेकपाना टेकपाना

असोज ६, २०७७ १७:५७

आईओएस १४ मा डिफल्ट ईमेल एपको रूपमा जिमेल रहने

काठमाडौं । गुगलले जिमेलका लागि नयाँ अपडेट ल्याएको छ । याेसँगै अब आईओएस फाेर्टिन भएका डिभाइसमा ईमेल डिफल्ट एप्लिकेसनको रुपमा रहनेछ । 

एप्पलको अपरेटिङ सिस्टमको नयाँ भर्सन प्रयोग गर्ने जुनसुकै आईफोन वा आइप्याडमा प्रयोगकर्ताहरुले थर्ड पार्टी ईमेल एप्लिकेसनलाई डिफल्ट एप्लिकेसनको रुपमा सेट गर्न सक्छन् ।

यद्यपि थर्ड पार्टी एपले पनि एप्पलको अपरेटिङ सिस्टममा फिट हुने किसिमको सपोर्ट फिचर एड गर्नुपर्नेछ । हालै भएको जिमेलको अपडेटमा यो सपोर्ट फिचर थप भएको छ । 

आईओएस फाेर्टिनमा जिमेल प्रयोग गर्न सबैभन्दा पहिले प्रयोगकर्ताले आफ्नो आईओएस डिभाइसको अपरेटिङ सिस्टमलाई नयाँ भर्सनमा अपडेट गर्नुपर्छ ।

त्यसपछि आईओएसको सेटिङ एपमा जानुहोस् । त्यहाँ मेनुमा ‘जिमेल’ चयन गर्नुहोस् र मेनुमा नयाँ ‘डिफल्ट मेल एप’ खोज्नुहोस् ।

गुगलका अनुसार जिमेल एपलाई अपडेट गरिसकेपछि यसले अहिले प्रयोगकर्ताले प्रक्रिया पुरा इन्स्ट्रक्सन पनि दिन थालेको छ । 

तर आई‌ओएसमा देखा परेको एउटा बगले थर्ड पार्टी ब्राउजर र ईमेल एप्लिकेसनलाई रिस्टार्ट गरिसकेपछि एप्पलको डिफल्ट मेल र सफारीमा स्वत: स्विच गरिदिन्छ ।

तर एप्पलले हालसम्म यसलाई कहिले सम्बोधन गर्ने भनेर कुनै प्रतिक्रिया दिएको छैन । 

गुगलले भने एप्पलको डिफल्ट एपका लागि नयाँ अप्सनलाई पूर्ण रुपमा अंगालेको छ । एप्पलले यसअघि नै क्रोमलाई आफ्नो आईओएस फाेर्टिनमा डिफल्ट ब्राउजरको रुपमा सपोर्ट एड गर्ने घोषणा गरिसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०