close

अब धरान उपमहानगरको कर ईसेवाबाटै बुझाउन सकिने

टेकपाना टेकपाना

असोज ६, २०७७ १७:१९

अब धरान उपमहानगरको कर ईसेवाबाटै बुझाउन सकिने

काठमाडौं । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि ईसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि नगरबासीले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क ईसेवाको मोबाइल एपबाटै भुक्तानी गर्न सक्ने भएका छन् । 

ईसेवा अकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सोझै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने ईसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ईसेवा जोन तथा प्वाइन्टमार्फत कर दाखिला गर्न सक्नेछन् । 

ईसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुने बताए । उनले भने, ‘यसबाट अहिलेको कोभिड १९ को महामारीका बेला घरबाटै सेवा लिदा अझ सजिलो र सुरक्षित बनाउनेछ ।’ 

कर तथा राजस्व भुक्तानी कसरी गर्ने ?

नगरबासीले दुई तरिका बाट ईसेवा मार्फत भुक्तानी गर्न सक्नेछन् । नगरबासीले सुरूमा वडा कार्यालयमार्फत आफ्नो ईमेल र फोन नम्बर दर्ता गराइ लग ईन आईडी लिनुपर्नेछ । त्यसपछि ईसेवाको मोबाइल एप तथा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ ।

यसबाहेक धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड राखेर ईसेवामार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनीको रुपमा रहको ईसेवाबाट इन्स्योरेन्स प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतको भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्यको रुपमा रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०