close

खाद्य प्रविधिका विद्यार्थीका लागि ‘आरईएफटी लोकल हिरो च्यालेन्ज’ हुँदै

टेकपाना टेकपाना

असोज ६, २०७७ १८:४८

खाद्य प्रविधिका विद्यार्थीका लागि ‘आरईएफटी लोकल हिरो च्यालेन्ज’ हुँदै

काठमाडौं । खाद्य प्रविधि अध्ययनरत विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गराउन रिडिफाइनिङ एण्ड इम्पावरिङ फुड टेक्नोलोजीको विषयमा आरईएफटी लोकल हिरो २०२० च्यालेन्ज आयोजना हुने भएको छ ।

कृषि र खाद्य क्षेत्रमा नवीन उद्यमशीलता, खाद्य सुरक्षा, दिगो लक्ष्य, शुन्य भोकमरीको युवा तथा नविनतम सोच भएका उद्यमीसँग सहकार्य गर्दै आइरहेको संस्था टीएफएफ अर्थात् थट फर फुडले सो कार्यक्रमको आयोजना गर्न लागेको हो । 

आगामी अक्टाेबर १ देखि उक्त कार्यक्रमको औपचारिक सुरुवात हुने टीएफएफ नेपालले बताएको छ । कार्यक्रम पाँच दिन प्रत्यक्ष र सात दिन अप्रत्यक्ष रुपबाट आयोजना हुनेछ ।

जूम डिजिटल प्लेटफर्मबाट आयोजना हुने सो कार्यक्रममा दुई दिन खाद्य प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरुमार्फत सम्बोधन हुने र बाँकी दुई दिन विभिन्न प्रतिस्पर्धाद्वारा खाद्य अभाव, भोकमरी र खाद्य सुरक्षाका लागि विद्यार्थीले ल्याएका विचारलाई विज्ञसामु राखिने कार्यक्रम तालिका रहेको छ । 

उक्त विचारहरुलाई विज्ञको सल्लाह सुझावअुसार सहभागीले परिमार्जन गर्नेछन् । सो कार्यक्रमको विभिन्न प्रतिस्पर्धीबाट पहिलो चरणमा १२ टिम छनौट हुने टीएफएफ नेपालले बताएको छ ।

आइडिया पिचिङ पछि प्रतिस्पर्धीले एक हप्ताको समयभर आफ्नो विचारलाई समाजमा गएर कृषक वा व्यवसायीसँग सहकार्य गरेर लागू गर्नु पर्नेछ ।

अक्टोबर १० मा कार्यक्रमको समापन सत्रमा विभिन्न आधारबाट मूल्यांकन भएको उत्कृष्ट विचारलाई आरईएफटी लोकल हिरो २०२० को अवार्ड सहित नगद र विभिन्न पुरस्कारले सम्मान गरिने टीएफएफले जनाएको छ । 

करिब १३० भन्दा धेरै मुलुकमा १५ हजार बढी स्वयंमसेवकको सक्रिय सहभागितामा काम गर्दै आइरहेको टीएफएफ नेपालले खाद्य प्रविधिको क्षेत्रमा नवीन प्रयास गरिरहेको संस्थाका नेपाल एम्बासडर एवं प्रोग्राम हेड घनश्याम भट्टराईले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०