close

भारतको सहयोगमा पुनर्निमाण भएका सबै परियोजनाको जानकारी एउटै वेबसाइटमा

टेकपाना टेकपाना

असोज ६, २०७७ २०:२२

भारतको सहयोगमा पुनर्निमाण भएका सबै परियोजनाको जानकारी एउटै वेबसाइटमा

काठमाडौं । ०७२ सालको विनाशकारी भूकम्पपछि भारत सरकारले नेपालमा सहयोग गरेका परियोजनाको जानकारी एउटै वेबसाइटमा हेर्न मिल्ने भएको छ । वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको छ ।

उक्त वेबसाइट भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीको अवधारणामा र निर्माणमा तयार पारिएको हो ।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरु सो वेबसाइटमा राखिएको छ ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हो ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०