close

पासवर्ड बिर्सिने बानी छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असोज ७, २०७७ १०:५६

पासवर्ड बिर्सिने बानी छ ? यसो गर्नुहोस्

काठमाडौं । पासवर्ड सम्झिराख्ने कुरा अहिलेको समयमा सम्भवतः सबैका लागि एउटा ठूलो चुनौति अनि झन्झटको काम हो । फेसबुक, जिमेल, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालदेखि डिजिटल वालेट र मोबाइल बैंकिङसम्म अनेक पासवर्ड हुन्छन् ।

एउटा अकाउण्ट ह्याक भएको खण्डमा अर्को अकाउण्ट सुरक्षित रहोस् भन्नका खातिर फरक फरक पासवर्ड राख्नुपर्ने हुन्छ । सुरक्षाकै कारण पासवर्ड बेलाबखत परिवर्तन गरिरहनुपर्ने अर्को बाध्यता छ । यसले गर्दा ती सबै पासवर्ड सम्झिराख्नु जो कोहीका लागि एक कठिन कार्य हुन्छ । 

यस्तोमा पासवर्ड बिर्सिँदा फर्गट पासवर्डको विकल्पबाट नयाँ पासवर्ड राख्नुपरेको अनुभव तपाईंसँग पक्कै होला । कतिपय प्लेटफर्म (खास गरेर नेपालमा) यस्ता पनि हुन्छन् कि जहाँ तपाईंलाई फर्गट पासवर्डको विकल्पबाट नयाँ पासवर्ड तयार पार्नु फलामको च्युरा जत्तिकै हुनसक्छ ।

यस किसिमको झन्झट दूर गर्ने थुप्रै पासवर्ड म्यानेजार एप तपाईंले फेला पार्न सक्नुहुन्छ ।  तर आज हामी तपाईंलाई एउटा यस्तो एपको बारेमा बताउँदै छौं, जुन निःशुल्क रुपमा समेत प्रयोग गर्न सक्नुहुन्छ ।

गुगल प्ले स्टोरमा पासवर्ड म्यानेजर सर्च गर्ने वित्तिकै तपाईंलाई सुरुमा पासवर्ड म्यानेजर किपर नामक एप देखा पर्नेछ । डाउनलोडको मामिलामा यो पासवर्ड म्यानेजरको प्ले स्टोरको र्‍यांकिङ सबैभन्दा राम्रो छ । तपाईंले यहाँ क्लिक गरेर समेत यो एप डाउनलोड गर्न सक्नुहुनेछ ।

यो एप पूर्ण रुपमा इन्क्रिप्टेड भल्टमा आधारित छ । यसको मतलव यो एपलाई ह्याक गर्न त्यति सजिलो छैन । एपभित्र तपाईं आफ्ना सबै अकाउण्टको लगईन गर्ने विकल्पहरु देख्न सक्नुहुनेछ ।

पासवर्ड म्यानेजर किपरले गुगल प्ले स्टोरमा ४.५ स्टारको रेटिङ पाएको छ । यदि तपाईं निःशुल्क रुपमा उपलब्ध यो एपको सेवा प्रयोग गर्न चाहनुहुन्न भने यसकै सःशुल्क भर्सन पनि प्रयोग गर्न सक्नुहुन्छ ।

सःशुल्क एपका लागि प्ले स्टोरमा अनेकौं अरु विकल्प उपलब्ध छन् । जसमा तपाईंका लागि पासवर्ड सेफ एउटा उत्तम विकल्प हुनसक्छ । 

यो एप विण्डोज, म्याक ओएस, लिनक्स, एन्ड्रोइड, आईफोन र आईफोनमा मात्र होइन, फायरफक्स, सफारी, इन्टरनेट एक्सप्लोरर, एज र ओपेरामा ब्राउजर एक्स्टेन्सनको रुपमा समेत उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०