close

जिमेलको लोगोबाट खाम गायब, यसरी हुँदैछ नयाँ डिजाइन

टेकपाना टेकपाना

असोज ७, २०७७ १०:१०

जिमेलको लोगोबाट खाम गायब, यसरी हुँदैछ नयाँ डिजाइन

काठमाडौं । गुगलले जिमेलको नयाँ लोगो डिजाइन गर्ने तयारी गरिरहेको छ । कम्पनीले २००४ मा जिमेल सुरू गरेदेखि एउटै लोगो प्रयोग हुँदै आएकोमा अब परिवर्तन गर्न लागेको हो ।

यसअन्तर्गत लाेगाेमा रहेको चिठीको खाम अब पुरै हट्ने र एम लेटरमै रंग भर्ने तयारी गुगलले गरेकाे छ । नाइन टु फाइभ गुगलमा सेयर गरिएको तस्वीर एउटा रेखाचित्र (माेनोक्राेम) मात्रै हो ।

गुगलले लामो समयदेखि पुराना एपको आइकनहरूमा गुगल लोगोको चार रंगहरू समाहित गर्दै रिडिजाइन गर्दै छ। तर प्ले ब्रान्डेड एप्सहरु र युट्युबका लोगो परिवर्तन गर्ने पक्षमा गुगल छैन ।

जिमेलको आइकनमा पनि गुगल लोगोको रंग हुने अनुमान गरिएको छ । जिमेलको लाेगाे परिवर्तनसँगै गुगलले जिमेलमा नयाँ फिचरहरु पनि थप्ने तयारी गरिरहेको हुनसक्ने विश्लेषण गरिएकाे छ ।

गुगल फोटोकाे लाेगाे परिमार्जन हुँदा पनि गुगलले केहि नयाँ सुविधाहरू शुरू गरेकाे थियाे । साथै कम्पनीले गुगल म्याप्सकाे पनि लाेगाे परिवर्तन गरेकाे थियाे ।

जिमेलमा नयाँ परिवर्तनसहित लाेगाे कहिलेआउने भनेर समय तोकिएको त छैन, तर यो केहि महिना भित्रै हुने सम्भावना छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०