close

एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि आकर्षक नन्‌स्टप नयाँ प्याक

टेकपाना टेकपाना

असोज ७, २०७७ १३:१७

एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि आकर्षक नन्‌स्टप नयाँ प्याक

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ डेटा प्याक ल्याएको छ । कम्पनीले लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागि थप विकल्पको रुपमा नन् स्टप प्याक ल्याएको हो । 

एनसेलले आफ्ना ग्राहकका लागि नयाँ नन्‌स्टप अफरअन्तर्गत टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ । ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकलाई ध्यानमा राख्दै कम्पनीले ल्याएका यी नयाँ प्याकहरु बुधबारदेखि संचालनमा आएका छन् । 

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुका साथै ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा सामाजिक सञ्जालहरुको मजा लिन सक्छन् । 

जसमा ग्राहकले २५ (कर सहित ३१.९२ ) रुपैयाँमा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्ने छन् । त्यस्तै ग्राहकले केवल ३६० रुपैयाँ (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्‌स्टप रुपमा यसको फाइदा लिन सक्छन् । 

यति मात्र नभई यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउँदा थप ६ जीबी डेटा बोनसको रुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

एनसेलको फोरजी सेवा लिएका ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशनअनुसार यी नयाँ प्याकेजहरु सजिलैसँग छानेर सुचारु गर्न सक्नेछन् । ग्राहकले एनसेल एप तथा खल्ती, युनि पे, ईसेवा वा प्रभुपे लगायतका डिजिटल वालेट सेवा प्रदायकहरुमार्फत समेत आफूलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् । 

नन्‌स्टप अफरअन्तर्गत लोकप्रिय एपमा आधारित यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्‌स्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहकका लागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

नन्‌स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसीमा रहेको नन्‌स्टप टिकटक, फेसबुक र युट्युब प्याक १०० रुपैयाँ (कर सहित १२७.६९ रुपैयाँ) मा र युट्युव तथा फेसबुकको कम्बो प्याक १५० रुपैयाँमा (कर सहित १९१.५४ रुपैयाँ) प्रदान गर्दै आएको छ ।

यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेट अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् । 

साथै सात दिन वा ३० दिनको नन्‌स्टप प्याक खरिद गर्ने ग्राहकका लागि थप विशेष योजना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म २० रुपैयाँ (कर सहित मात्र २५.५४ रुपैयाँ) मा ३५०० एमबी  थप फोरजी डेटा खरिद गर्न सक्छन् ।

उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युव चलाउनको लागि प्रयोग गर्न सक्छन् । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत रहेर एनसेलले वायरफ्री प्लस वाईफाई, फोरजीमा आकर्षक नन्‌स्टप युट्युव प्लसका साथै ईण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाईफाई सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझ धेरै सेवाहरु ल्याउँदै जाने कम्पनीको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०