close

पेड क्रोम एक्सटेन्सन बन्द गर्दै गुगल, डेभलपरको अधिकार खुम्चिने

टेकपाना टेकपाना

असोज ७, २०७७ १६:१४

पेड क्रोम एक्सटेन्सन बन्द गर्दै गुगल, डेभलपरको अधिकार खुम्चिने

काठमाडौं । गुगलले क्रोम स्टोरमा राखिएका पेड क्रोम एक्सटेन्सनलाई बन्द गर्ने घोषणा गरेको छ । अब आफ्नो एक्सटेन्सनलाई मोनिटाइज गर्न चाहने डेभलपरहरुले अन्य पेमेन्ट ह्याण्डलिङ प्रणालीबाट काम गर्नुपर्नेछ । 

गुगलका अनुसार अब डेभलपरहरुले नयाँ पेड एक्सटेन्सन बनाउन सक्ने छैनन् । गत जनवरीमा पेड एक्सटेन्सन प्रकाशनमा केही समयका लागि रोक लगाइएपछि यो नीति गत मार्चमा नै गुगलले ल्याएको थियो ।

प्रयोगकर्तालाई शोषण गर्न फर्जी कारोबार बढेको जानकारी गुगलले पाएपछि जनवरीमा उसले सो एक्सटेन्सन बन्द गरेको थियो । कम्पनीले अन्य फिचरलाई आगामी महिनाबाट फेज आउट गर्ने बताएको छ ।

साथै गत फेब्रुअरीमा गुगलले अस्तित्वमा रहेका अन्य एक्सटेन्सनले सेवाग्राहीलाई क्रोम वेब स्टोरको पेमेन्ट सिस्टम प्रयोग गरेकोमा पैसा लिन नपाउने समेत निर्णय गरिसकेको छ । गुगलले यस वर्ष बनाएका एक्सटेन्सनहरुमा धेरै उल्लेखनीय परिवर्तन छन् ।

यसबाहेक उसले स्पामसहितको एक्सटेन्सनलाई घटाउने उद्देश्यले गत अप्रिलमा धेरैवटा नीतिलाई पनि अद्यावधिक गरेको छ  । जसमा एउटै काम गर्ने धेरैवटा एक्सटेन्सनमाथि प्रतिबन्ध लगाइएको छ ।

नयाँ नीतिले आफ्नो एक्सटेन्सलाई राम्रो स्थान दिलाउन रिभ्यूलाई तोडमोड गर्न सक्ने डेभलपरको अधिकारलाई पनि यो नीतिले खुम्चाइदिएको छ । नोटिफिकेसनलाई दुरुपयोग गर्ने एक्सटेन्सनमाथि पनि प्रतिबन्ध लागेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०