close

यसरी सजिलै बुझ्नुहोस् ‘कुकिज’ र यसको काम

टेकपाना टेकपाना

असोज ८, २०७७ १३:२८

यसरी सजिलै बुझ्नुहोस् ‘कुकिज’ र यसको काम

काठमाडौं । तपाईंले इन्टरनेट ब्राउजरको सेटिङमा धेरैपटक ‘कुकिज’ लेखिएको देख्नु भएको छ । यति मात्रै हाेइन कतिपय वेबसाइट चलाउँदा कुकिज ‘इनेबल’ या ‘डिसेबल’ गर्ने अप्सन आउने गर्छ । तर धेरैलाई कुकिजले के गर्छ भन्ने कुरा हुँदैन ।

कुकिज यस्ता फाइल हुन्, जुन तपाईंको इन्टरनेट ब्राउजरको क्यास मेमोरीको स्टोर भएर बसेका हुन्छन् । जब तपाई कुनै पनि ब्राउजरबाट कुकिज इनेबल वेबसाइटमा जानुहुन्छ, त्याे वेबसाइटले आफ्नो एउटा कुकिज हाम्रो कम्प्युटरमा ड्रप गरिदिन्छ ।

उदाहरणका लागि फ्लिपकार्ट वा अमेजनकै वेबसाइट हेराैं । यदि कुकिज इनेबल गर्नुभएकाे छ भने यी वेबसाइटले एउटा फाइल फाइललाई हाम्रो कम्प्युटरमा इम्प्लान्ट गरिदिन्छ ।

त्यसपछि हामीले भिजिट गरेको उक्त वेबसाइटमा के खरिद गर्‍यौं, त्यसमा कति समय बस्यौं, कुन कुन कुराहरु हेर्‍यौं, ती सबै कुराहरु कुकिजले उक्त वेबसाइटमा पुर्‍याइरहेको हुन्छ ।

यसकै मद्दतबाट अर्कोपटक तपाईं त्यो वेबसाइटमा जाँदा वेबसाइटले नै तपाईलाई विभिन्न रेकमेन्डेसन दिन थाल्छ । कुकिजले तपाईंको डेटाको मद्दतले उक्त वेबसाइटलाई तपाईंको लागि अझै उपयोगी र फिट बनाउँछ । 

यदि तपाईले कुनै वेबसाइटमा आफ्नो लग ईन पासवर्ड लगाएर ब्राउजरमा सेभ नगरी विण्डोज बन्द गरिदिनु भयो र तपाईंले हेरेको वेबसाइट कुकिज इनेबल छ भने त्यसमा तपाईंका विवरणहरु सुरक्षित हुन्छन् । र तपाईले सजिलै पुनः खोल्न सक्नुहुन्छ । 

कतिपयले कुकिजले निजी जानकारीहरुलाई संकलन गर्ने भनेर त्यसलाई डिसेबल गर्छन् । तर कुकिजको वास्तविक खतरा भने छुट्टै छ । त्यो खतरा भनेको थर्ड पार्टी कुकिज हो ।

इन्टरनेटमा तपाईंले विभिन्न किसिमका एडहरु देख्नु भएको होला । कतिपय एडहरु पपअप भएर आउँछन् । तर कतिपयलाई क्लिक गर्‍यो भने एकैपटक धेरैवटा विण्डोज ओपन हुन्छन् ।

यदि ती वेबसाइटले ब्राउजरमा कुकिज ड्रप गरिदियो वा कम्प्युटरमा कुकिज इम्प्लान्ट गरिदियो भने त्यसले तपाईको गोप्य कुराहरु चोरी गर्नसक्छ । 

कुकिज इन्क्रिप्ट फर्ममा हुँदैनन् । कुकिजमा तपाईंको आइडी पासवर्ड त सेभ हुँदैनन्, तर लग ईनको तयारी सेसन सधै सेभ हुन्छ । 

थर्ड पार्टी एपले कुनै एउटा वेबसाइटमा मात्र काम गर्दैन । यसले तपाईंका सबै वेबसाइटको गतिविधि संकलन गर्दछ ।

तपाईंले कति ठाउँमा क्रेडिट कार्ड प्रयोग गर्नु भएको छ, कति ठाउँमा संवेदनशील युजर लग ईन । यी सबै कुरा कुकिजले चोर्दछ । यो अमेजनको डेडिकेटेड कुकिज जस्तो सामान्य हुँदैन ।  

यदि तपाईं यस्ता कुकिजबाट मुक्ति चाहनुहुन्छ भने आफ्नो इन्टरनेट ब्राउजरको सेटिङमा गएर ब्लक अल कुकिज अप्सनमा क्लिक गर्नुहोस् । यसो गर्दा यसले सबै किसिमका कुकिजहरु ब्लक गरिदिन्छ । 

थर्ड पार्टी कुकिज ब्लक गर्ने पनि सुविधा छ । यसका लागि तपाईंलाई वेबसाइटले आफै सुरुमा नै कुकिज इनेबल गर्नका लागि आग्रह गर्छ । त्यस्तो बेला तपाईंले आफ्नो इच्छा अनुसार इनेबल या डिसेबल गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०