close

कुन स्मार्टफोनमा कहिले उपलब्ध हुने छ एन्ड्रोइड इलाभेन ?

टेकपाना टेकपाना

असोज ८, २०७७ १५:२९

कुन स्मार्टफोनमा कहिले उपलब्ध हुने छ एन्ड्रोइड इलाभेन ?

काठमाडौं । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड इलाभेन सार्वजनिक भइसकेको छ । यो अवधिमा गुगल पिक्सेल, साओमी, ओप्पो, रियलमी लगायत ब्राण्डका केही सीमित फोनले एन्ड्रोइड इलाभेन को अपडेट प्राप्त गरिसकेका छन् ।

तर, सामसङ, सोनी, एलजी, ह्वावे लगायतको स्मार्टफोनमा कहिलेबाट एन्ड्रोइड इलाभेन उपलब्ध हुनेछ त ? यो विषयमा हालसम्म कतिपय कम्पनीले रिलिज हुने समय तालिका सार्वजनिक गरेका छैनन् । तर पनि यहाँ हामी तपाईंहरुलाई एन्ड्रोइड इलाभने भर्सन उपलब्ध हुने सम्भावित फाेनबारे जानकारी दिँदै छौं ।

गुगल पिक्सेलमा एन्ड्रोइड इलाभेन

Google Pixel 3a XL (64GB) | Superior Sound

अपेक्षा अनुसार नै गुगलले पिक्सेल फोनमा एन्ड्रोइड इलाभेनको अपडेट उपलब्ध गराइसकेको छ । गुगल पिक्सेल एक्सएल बाहेकका सबै फोनमा यो अपडेट उपलब्ध भइसकेको उल्लेख गरिएको छ । भारतका प्रयोगकर्ताले केही दिन अघिमात्रै एन्ड्रोइड इलाभेनको अपडेट प्राप्त गरिसकेका छन् ।

एचटीसीमा एन्ड्रोइड इलाभेन

Amazon.com: HTC U11 Plus (2Q4D100) 6GB / 128GB 6.0-inches LTE Dual SIM  Factory Unlocked - International Stock No Warranty (Amazing Silver)

एचटीसी र सफ्टवेयर अपडेटको लय खासै मिल्दैन । कारण यसका कम्पनीका फोन धेरै नहुनु पनि होला । कम्पनीले एन्ड्रोइड टेन अपडेट पनि रिलिज भएको ६ महिना पछिमात्रै आफ्ना ग्राहकलाई उपलब्ध गराएको थियो ।

त्यसैले एन्ड्रोइड इलाभेनका हकमा पनि त्यस्तै नहुन सक्छ भन्ने कुनै कारण छैन । त्यसैले यदि तपाईं एचटीसी स्मार्टफोनका प्रयोगकर्ता हुुनुहुन्छ भने केही समय पक्कै पर्खिनु पर्नेछ ।

ह्वावेमा एन्ड्रोइड इलाभेन अपडेट
Huawei's flagship Mate 30 Pro has impressive specs but no Google - The Verge

ह्वावे स्मार्टफोनको विषयमा भने केही फरक छ । अमेरिका र ह्वावेबीच चलिरहेको ‘ट्रेड वार’का कारण ह्वावेका कतिपय फोनमा एन्ड्रोइड इलाभेनको अपडेट उपलब्ध नहुन सक्छ । यसको मतलब सबैमा भने होइन ।

ह्वावेका धेरै जसो फोनमा एन्ड्रोइड इलाभेनको अपडेट उपलब्ध हुनेछ । तर, त्यसमध्ये केही फोनमा गुगल प्ले स्टोर, जिमेल लगायतका गुगल एप भने उपलब्ध हुनेछैन ।

एन्ड्रोइड इलाभेनको अपडेट प्राप्त गर्ने फोनमा एउटा ‘पी थर्टी’ हो । ह्वावेको सब–ब्राण्ड अनरका स्मार्टफोनमा भने कम्पनीले एन्ड्रोइड इलाभेनका साथ म्याजिक युआई स्किन उपलब्ध गराउने जनाएको छ ।

यसअघिका अपडेटलाई हर्ने हो भने एन्ड्रोइडको नयाँ भर्सन उपलब्ध भएको दुई महिनाभित्र कम्पनीले आफ्ना ग्राहकलाई अपडेट उपलब्ध गराउने छ । त्यसमा पनि सुरुमा चिनमा उपलब्ध गराएर विस्तारै अन्य मुलुकमा उपलब्ध हुनेछ ।

एलजीमा एन्ड्रोइड इलाभेन अपडेट

Smartwatch: Smart Watches & Wearable Technology | LG India

यसअघिका अपडेटलाई हर्ने हो भने कम्पनीले आउँदो डिसेम्बरमा आफ्ना ग्राहकलाई एन्ड्रोइड इलाभेनको अपडेट उपलब्ध गराउने छ । जुन कम्पनीको पछिल्लो एलजी भी६० र जी ८ मा सुरुमा उपलब्ध हुनेछ ।

अन्य फोनमा विस्तार उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । दक्षिण कोरियामा सुरुमा उपलब्ध हुने भएकाले नेपालमा यसको उपलब्धताका लागि थप केही समय कुर्नपर्ने हुन्छ ।

मोटोरोलामा एन्ड्रोइड इलाभेन अपडेट

Motorola Moto E6s (2020) - Full Specification, price, review, comparison

मोटोरोलाका फोनमा अपडेट प्राप्त हुने त्यति यकिन मिती नभएतापनि यसअघिका कम्पनीको रेकर्डलाई हर्ने हो भने यो वर्षको अन्त्यसम्म एन्ड्रोइड इलाभेन को अपडेट उपलब्ध हुनेछ ।

कम्पनीले यसअघि अपनाउँदै आएको रणनीति अनुसार आउँदो डिसेम्बरको अन्त्यसम्म ब्राजिलमा यो अपडेट उपलब्ध गराउने छ । तर, नेपालमा भने प्रयोगकर्ताले त्योभन्दा लामो समय कुर्नुपर्ने छ ।

नोकियामा एन्ड्रोइड इलाभेन अपडेट

Nokia 9 PureView Price in India, Specifications, Comparison (22nd September  2020)

नोकिया अपडेटका लागि सँधै चर्चित छ । यसले आफ्ना प्रयोगकर्तालाई जतिसक्दो छिटो अपडेट उपलब्ध गराउँदै आएको छ । यसका कारण नोकिया ‘एन्ड्रोइड वान फ्याम्ली’को पार्ट भएकाले पनि हो ।

एन्ड्रोइड टेन ओएस रिलिज भएको एक महिनामै नोकियाले अपडेट उपलब्ध गराएकाले एन्ड्रोइड इलाभेन को हकमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ । यो हिसाबले हेर्न हो भने आउँदो महिना अर्थात् अक्टोबरमै नोकियाका प्रयोगकर्ताले एन्ड्रोइड इलाभेन को मज्जा लिन पाउनेछन् ।

वानप्लसमा एन्ड्रोइड इलाभेन अपडेट

OnePlus 7T - Full Specification, price, review, compare

वानप्लस पनि अपडेटको लागि सँधै अघि नै रहँदै आएको छ । कम्पनीले एन्ड्रोइड इलाभेनको बेटा भर्सनमा आधारित अक्सिजन ओएस इलाभेन वान प्लस ८ र ८ प्रोमा ओएस सार्वजनिक भएको भोलिपल्टै उपलब्ध गराएको थियो ।

तर, ओएस इलाभेनको पूर्ण भर्सन कहिले उपलब्ध हुन्छ भन्ने विषयमा कुनै जानकारी उपलब्ध छैन । तर, यसअघिका अपडेटलाई हेर्ने हो भने अक्टोबरमै वानप्लस सिक्स, वानप्लस ८, वानप्लस नोर्ड, वानप्लस ७टी सिरिज प्रयोग गर्ने प्रयोगकर्ताले एन्ड्रोइड अपडेट प्राप्त गर्नेछन् ।

ओप्पोमा एन्ड्रोइड इलाभेन अपडेट

Oppo A52 Unlocked Smartphone 64GB Stream White | Officeworks

ओप्पोले एन्ड्रोइड इलाभेनमा आधारित कलर ओएस इलाभेन सार्वजनिक गरिसकेको छ । साथै कम्पनीले कुन–कुन स्मार्टफोनमा कहिले कहिले कलर ओएस इलाभेन प्राप्त हुने समेत जनाकारी दिइसकेको छ ।

रियलमीमा एन्ड्राेइड इलाभेन अपडेट

रियलमीमा एन्ड्रोइड अपडेट ओप्पोले जस्तौ रियलमीले पनि एन्ड्रोइड इलाभेनमा आधारित रियलमी युआई २.० सार्वजनिक गरिसकेको छ ।

हालसम्म कुन कुन मोडलका फोनमा अपडेट उपलब्ध हुन्छ भन्ने विषयको जानकारी नदिएको भएतापनि रियलमी एक्स५० प्रो, एक्स २ प्रो, ७ प्रो, ७, ६ प्रो, नार्जो २० प्रो, नार्जो २० लगायतका फोनमा यही सेप्टेम्बर महिनाबाटै अपडेट उपलब्ध भइसकेको छ ।

सामसङमा एन्ड्रोइड इलाभेन अपडेट

Samsung Galaxy S10 Lite - Full Specification, price, review

एन्ड्रोइड अपडेटका लागि सामसङ सँधै नै अघि रहँदै आएको छ । तर, यय पटक भने कम्पनीले एन्ड्रोइड इलाभेनको अपडेटको विषयमा कुनै जानकारी दिएको छैन । तर, यसअघिको तथ्याङ्क हेर्ने हो भने नोभेम्बरबाट केही फोनमा एन्ड्रोइड इलाभेन उपलब्ध हुने अपेक्षा गरिएको छ ।

भिभोमा एन्ड्रोइड इलाभेन अपडेट

Vivo Y12 (Aqua Blue, 3GB RAM, 64GB Storage) with No Cost EMI/Additional  Exchange Offers: Amazon.in: Electronics

भिभो एन्ड्रोइड अपडेटमा त्यती चुस्त भने छैन । यसअघिका आधार मान्ने हो भने एन्ड्रोइड अपडेट सार्वजनिक भएको ६/७ महिनापछि मात्रै यसले उपलब्ध गराउने गरेकाे छ । यदि यही निन्तरता भएको खण्डमा भिभो प्रयोगकर्ताले आउँदो अर्काे वर्षमा अप्रिलमा मात्रै अपडेट प्राप्त गर्नेछन् ।

साओमीमा एन्ड्रोइड अपडेट

mi-10-lite - Xiaomi UK

एन्ड्रोइड इलाभेनको बेटा भर्सन तत्कालै सार्वजनिक गर्नेमा साओमी पनि एक हो । तर, पूर्ण भर्सन कहिले सार्वजनकि हुन्छ भन्ने विषयमा भने कुनै जानकारी आएको छैन।

यद्यपि एन्ड्रोइड इलाभेनको बेटा भर्सनमा सहभागी भएका प्रयोगकर्तालाे चाँडै एन्ड्रोइड इलाभेन पाउने कम्पनीले जनाएको छ ।

आसुस एन्ड्रोइड अपडेट

ZenFone Max (M2) BIOS & FIRMWARE | Phone | ASUS Global

आसुस एन्ड्रोइड टेन अपडेटमा सबैभन्दा अघि रह्यो । उसले आफ्नो फ्ल्यागसिप स्मार्टफोन जेनफोन सिक्समा एन्ड्रोइड टेन सार्वजनिक भएको दुई महिनामै आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएको थियो । एन्ड्रोइड इलाभेनको विषयमा पनि आसुस अघि नै रह्यो ।

जेनफोन ६ प्रयोग गर्ने र एन्ड्रोइड इलाभेनको बेटा भर्सनका लागि दर्ता भएका प्रयोगकर्तालाई कम्पनीले एन्ड्रोइड इलाभेन भर्सन उपलब्ध गराइसकेको छ । भने अर्को महिना अर्थात अक्टोबर महिनाबाट बजारमा बिक्री सुरु हुने जेनफोन सेभेन सिरिजका फोनमा एन्ड्रोइड इलाभेन नै उपलब्ध गराउने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०