close

ओप्पो एफ१७ प्रो असोज ११ देखि नेपाली बजारमा, यस्ता छन् आकर्षक विशेषता

टेकपाना टेकपाना

असोज ८, २०७७ १४:३२

ओप्पो एफ१७ प्रो असोज ११ देखि नेपाली बजारमा, यस्ता छन् आकर्षक विशेषता

काठमाडौं । ओप्पोले असोज ११ गते आफ्नो नयाँ स्मार्टफोन ओप्पो एफ१७ प्रो नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आफ्नो आधिकारिक फेसबुक र युट्युब च्यानलमार्फत यो फोन सार्वजनिक गर्ने जानकारी दिएको हो ।

एफ सिरिजको नयाँ समिकरण ओप्पो एफ१७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याश चार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र लगायत फिचरहरु समावेश छन् । ८ जीबी र्‍याम र ६ वटा क्यामेरा सहित ओप्पो एफ १७ प्रो नेपालमा आउँदै छ ।

क्यामेरा

यसमा ६ एआई पोट्रेट फञ्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ वटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यो फिचरका कारण प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरीय बनाउने कम्पनीले जनाएकाे छ ।

यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत गर्ने दाबी कम्पनीको छ ।

oppo-f17-oppo-f17-pro

अल्ट्रा स्लिक फोन

ओप्पो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनमा नयाँ शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ ।

मोटाई जम्मा ७.४८ ग्राम सहितको ओप्पो एफ१७ प्रोको वजन १६४ ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।

डिस्प्ले

एफ१७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ इञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०.७५ स्क्रिन टू बडी रेसियो छ ।

३०वाट भोक फ्ल्याश चार्ज ४.०

एफ१७ प्रोमा कम्पनीले मात्र ५३ मिनेट भि त्र पूर्ण चार्ज हुने क्षमता सहितको ३०वाट भोक फ्ल्याश चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्र तिब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्यापनि न्यूनिकरण ल्याउँछ ।

यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४ प्रतिशत चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइमपनि उपलब्ध गराउँछ ।

टप फोन मेटेरियल ट्रेण्ड

ओप्पो एफ१७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ ।

फिङ्गरप्रिन्टको समस्या समाधान गर्दै फिङ्गरप्रिन्ट प्रुफ फिनिश दिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरी पृथक शाइनी म्याट कलरको प्रयोग गरिएको कम्पनीले बताएकाे छ ।

उपभोक्ताको व्यक्तित्व तथा स्टाइल झल्काउन रङले ठूलो भूमिका खेल्छ भन्ने ओप्पोको विश्वास छ । यही कुरालाई दृष्टिगत गर्दै एफ१७ प्रो कम्पनीले दुई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

लाइभ लञ्च ईभेन्टमा ओप्पोका ब्राण्ड फ्रेन्ड तथा कलाकारहरु स्वस्तिमा खड्का, अनुपविक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सञ्जाेग राई लगायतको उपस्थिति रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०