close

दराजको सहयात्री कार्यक्रममा ८ हजार उद्यम दर्ता

टेकपाना टेकपाना

असोज ८, २०७७ १६:२२

दराजको सहयात्री कार्यक्रममा ८ हजार उद्यम दर्ता

काठमाडौं । साना र मध्यम आकारका उद्यमहरूलाई सहयोग गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा आठ हजारभन्दा बढी उद्यमहरूले दर्ता गरेका छन् । यसमध्ये २१ सय भन्दा बढी उद्यमहरु दराज मार्फत व्यवसाय सञ्चालन गर्न सफल भएका छन् भने अरु सञ्चालनमा आउने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रम अन्तर्गत दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देशभरका ७ लाख भन्दा बढी ग्राहकहरु सम्म नि:शुल्क पहुँच प्रदान गरेकाे थियाे र लगभग ५५ लाख रूपैयाँको आर्थिक सहायता प्रदान गरेको थियो।

यसबाहेक, दराजले उद्यमहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटी मार्फत ईकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता भएको र आफूहरूले साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्ने बताए ।

अहिले दराजमा ६ हजारभन्दा बढी विक्रेताहरूको बढ्दो समुदाय रहेको छ र ५ लाखभन्दा बढी उत्पादनहरू उपलब्ध छन्।

यी नयाँ विक्रेताहरू अब दराज शप उत्सवकाे लागि तयारी गरिरहेका छन्, जसमा दराजका सबैभन्दा ठूला सेल अभियानहरु : दशैं धमाका, ११.११ र १२.१२ समावेश छन्।

इच्छुक विक्रेताहरूले दराजको साथ अनलाइन व्यापार गर्न याे लिंकमा गई रेजिस्टर गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०