close

गुगल म्यापमा अब कोभिड प्रभावित ठाउँको अपडेट

टेकपाना टेकपाना

असोज ८, २०७७ २०:३७

गुगल म्यापमा अब कोभिड प्रभावित ठाउँको अपडेट

काठमाडौं । गुगलले आफ्नो म्याप एप मा कोभिड सम्बन्धी नयाँ फिचर ल्याएकाे छ । यस अन्तर्गत प्रयोगकर्ताहरुलाई उनीहरु यात्रा गर्न लागेको नयाँ ठाउँमा कोभिड संक्रमणका नयाँ केसहरु बढिरहेका छैन् वा छैनन् भन्ने जानकारी दिने नयाँ फिचर थप भएकाे हाे । 

खासगरी कम्पनीले म्यापका लागि नयाँ लेयर रिलिज गरेको छ । जसमा म्यापले प्रति एक लाख व्यक्तिबाट औषत सात दिनको नयाँ कोभिड संक्रमणका विवरण गर्दछ ।

साथै संक्रमणको संख्या बढेको वा घटिरहेको पनि यसले नोट गर्दछ । यो लेयरले जोन हप्किन्स विश्वविद्यालय, न्युयोर्क टाइम्स र विकिपेडिया जस्ता विभिन्न स्रोतहरुबाट डेटा लिने गर्दछ ।

यी स्रोतहरुले पनि विश्व स्वास्थ संगठन, राष्ट्रिय सरकार तथा आफ्नो क्षेत्रका अस्पतालहरुबाट तथ्यांक लिने गर्दछन् । 

यो नयाँ लेयरले विश्भरका २२० वटा मुलुकहरुका लागि काम गर्दछ । यसै हप्तादेखि यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध हुनेछ ।

याे पनि पढ्नुहाेस् : धेरैले थाहा नपाएका गुगल म्यापका यी ६ नयाँ उपयोगी फिचर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०