close

रेबन चश्माको अभिभावक कम्पनीमा रेन्समवेयर आक्रमण

टेकपाना टेकपाना

असोज ९, २०७७ १०:२७

रेबन चश्माको अभिभावक कम्पनीमा रेन्समवेयर आक्रमण

काठमाडौं । रेबन चश्माको अभिभावक कम्पनी लक्जोटिकामा रेन्समवेयर आक्रमण भएको पुष्टि भएको छ । सो आक्रमणपछि इटली, चीन लगायत विभिन्न मुलुकमा छरिएको उसको सम्पूर्ण सेवा बन्द भएको थियो । 

आक्रमणबाट सेवाग्राहीको कुनै पनि डेटा चोरी वा पहुँच नभएको कम्पनीले बताएको छ । तर कम्पनीको आइटी सिस्टम भने आक्रमणपछि टेम्परामेन्टल अवस्थामा रहेको छ । 

रेबन र ओएक्ली जस्ता लोकप्रिय ब्राण्डहरुको स्वामित्वकर्ता कम्पनी लक्जोटिकामा विश्वभरका ८० हजार मानिसहरु विभिन्न सेग्मेन्टमा कार्यरत छन् ।

रेबन, सनग्लास हन्ट, लेन्सक्राफ्टर्स, आइमेड र पर्ल भिजन जस्ता लक्जोटिकाका प्रोडक्टहरुको वेबसाइट डाउन भएपछि सेवाग्राहीहरुले उक्त आक्रमणलाई नोटिस गरेका थिए । कम्पनीको वेबपोर्टल पनि नेटवर्क साइटमा उपलब्ध थिएनन् । 

साइबर सेक्युरिटी कम्पनी ब्याड प्याकेटका अनुसार लक्जोटिकाले सिट्रिक्स एडीएक्स कन्ट्रोलर अपरेट गरेको थियो, जुन गम्भीर भल्नरेबिलिटीबाट ग्रसित थियो ।

त्यसले निशाना बनाइएको मसिनमा ह्याकरलाई कोड एक्जिक्युट गर्न अनुमति दिएको हुन सक्ने ब्याड प्याकेटले प्रारम्भिक आशंका गरेको थियो ।

त्यसो त सिट्रिक्सले गत जनावरीमै त्यस्तो कमजोरीका लागि प्याच उपलब्ध गराइसकेको थियो। यद्यपि त्यसलाई कम्पनीका सबै अंगहरुमा इन्स्टल गरिसकिएको थिएन । 

गत हप्ता जर्मनको एउटा अस्पतालमा पनि त्यस्तै भल्नरेबिलिटी प्रयोग गरेर रेन्समवेयर आक्रमण भएको थियो । उक्त आक्रमणको निकै नराम्रो असर अस्पतालको सिस्टममा परेको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०