२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

‘युवाका लागि आईसीटी अवसर’ विषयमा वेबिनार हुँदै

काठमाडौं । कोभिड महामारीको बेला युवाका लागि के कस्ता आईसीटी अवसर हुन सक्छन् भन्ने विषयमा शनिबार वेबिनार हुने भएको छ । सो वेबिनार क्यान महासंघ अन्तर्गतको आईसीटी फर युथ इमपावरमेन्ट कमिटिले आयोजना गर्न लागेको हो ।

वेबिनारमा वक्ताका रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल, वर्ल्डलिंक कम्युनिकेशन्सका सीईओ केशव नेपाल र राम लक्ष्मण इन्नोभेसन्सका सहसंस्थापक रामप्रसाद रिमाल रहेका छन् ।

महामारीले हरेक क्षेत्रमा प्रभाव पारिरहेका बेला आईसीटी क्षेत्रमा भने धेरै अवसर सिर्जना भइरहेका छन् । परम्परागत कामलाई डिजिटल प्रणालीले विस्थापन गरिरहेको छ ।

यही सन्दर्भमा नेपालमा आईसीटी क्षेत्रको व्यवस्थापन गर्दै युवालाई यसमा कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा वेबिनारमा छलफल हुने आईसीटी फर युथ इमपावरमेन्ट कमिटिका काे-चेयर विशाल महतले बताए ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team