close

घरघरमा अत्यावश्यक वस्तुको डेलिभरी गर्दै ‘बरदान अनलाइन स्टोर’

टेकपाना टेकपाना

असोज ९, २०७७ १६:४३

घरघरमा अत्यावश्यक वस्तुको डेलिभरी गर्दै ‘बरदान अनलाइन स्टोर’

काठमाडौं। लकडाउनको अवधिमा पोखरबाट सुरू भएको ईकमर्स कम्पनी बरदान अनलाइन स्टोरले चितवनमा पनि सेवा विस्तार गरेको छ । कम्पनीले खाद्य वस्तुहुँदै हाल अन्य सामग्रीकाे डेलिभरी गर्न थालेको छ ।

‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ स्टोरका कर्याकारी प्रमुख सञ्जिव पौडेलले भने, ‘छिट्टै काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजना छ।’ 

बरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरमा रहेका उपभोक्तालाई नि:शुल्क होम डेलिभरी सेवा दिइरहेको छ ।

स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखेकाे कम्पनीले ग्राहककाे माग अनुसार अर्डर र सामान थप्दै लगेकाे छ । हाल कम्पनीले कुल २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। 

बरदानमा सपिङ गर्न यसकाे आधिकारिक वेबसाइटमा गई आफूले चाहेको सामान अर्डर गर्न सकिन्छ। ग्राहकलाई अझै सजिलो होस् भनेर बरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक बैभव पौडेलले बताए ।

बरदान स्टोरबाट सामान खरिद गरेपछि क्यास अन डेलिभरीका अतिरिक्त ईसेवा, खल्ती, कनेक्ट आईपीएस, आएमई पे, बैंकका अन्य कार्डबाट पनि पैसा तिर्न सकिनेछ ।

दशैंलाई लक्षित गर्दै बरदानले विभिन्न छुट तथा आकर्षक उपहारहरु ल्याउन याेजना ल्याएकाे छ ।

हाल बरदान स्टोरले किराना, बच्चाकाको लागि खाना, विद्युतीय सामाग्री, मोबाइल फोन, नेपाली तथा अङ्ग्रेजी किताब, गर-गहना, घडी-चश्मा, भान्साका सामग्री लगायतकाे होम डेलिभरी गरिरहेको छ। केही दिनमै मदिराको समेत बिक्री सुरु गर्ने कम्पनीकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०