close

शक्तिशाली ब्याट्री र एआई क्यामेरासहित भिभोको वाई ट्वान्टी नेपाली बजारमा

टेकपाना टेकपाना

असोज ९, २०७७ २०:३३

शक्तिशाली ब्याट्री र एआई क्यामेरासहित भिभोको वाई ट्वान्टी नेपाली बजारमा

काठमाडौं । भिभोले आफ्नो नयाँ मिड रेन्ज स्मार्टफोन भिभो वाई ट्वान्टी नेपाली बजारमा ल्याएकाे छ । यो मोडललाई भिभोले दराज अनलाइन स्टाेरमार्फत बिक्रीका लागि सार्वजनिक गरिसकेको छ । 

भिभो वाई २० मा पाँच हजार एमएएचको ब्याट्री रहेको छ । ब्याट्री भिभो वाई ट्वान्टी को एउटा हाइलाइट फिचर पनि हो । किनभने यसमा भएको एआई पावर सेभिङ प्रविधिले ब्याट्रीको आयूलाई दीर्घायू बनाउँछ । यसबाहेक यसले रिभर्स चार्जिङलाई पनि सपोर्ट गर्दछ । 

फाेनमा १३ मेगापिक्सल प्लस २ मेगा पिक्सलको म्याक्रो क्यामेरा र अर्को दुई मेगा पिक्सलको बुके फिचर भएको एआई ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसमा म्याक्रो, बुके र सेल्फी जस्ता मल्टिपल  क्यामेरा फिचर रहेका छन् । 

यसमा आई प्रोटेक्सन सहितको ६.५१ इन्चको हालो डिस्प्ले रहेको छ । फाेनको अत्याधुनिक स्क्रिनमा फिल्म हेर्दा र हाई डेफिनेसन गेमहरु खेल्दा एकदमै राम्रो अनुभव पाउन सकिन्छ ।

यसमा एस्पेक्ट रेसियाे २०:९ रहेको छ भने एचडी प्लस १६०० गुणा ७२० रेज्युलेसन छ भने डिस्प्ले धेरै नै रङ्गिन छ । 

सुरक्षाका लागि यसमा साइड माउन्टेड फिङ्गगरप्रिन्ट स्क्यानर रहेको छ । यो नयाँ डिजाइनले फोनलाई आधा सेकेण्डमै अनलक गरिदिन्छ । 

क्वालकम स्नापड्रागन प्रोसेसर रहेको वाई २० मा तीन जीबी र्‍याम र ६४ जीबीको इन्टरनल स्टोरेज छ जसलाई मेमोरी कार्डको मद्दतले २५६ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।

रमाइलो गेमिङ अनुभवका लागि धेरै फिचरसँगको अल्ट्रा गेम मोड प्रयोग गर्न सकिन्छ । 

फोन एक्सपेरियन्सका लागि वाई ट्वान्टीमा विभिन्न फिचर छन् । स्क्रिन एनिमेसनलाई कस्टमाइज गर्न यसको सेटिङमा नयाँ फिचर दिइएको छ । यसमा भएको न्यू इजी शेयर फिचरले डेटा ट्रान्सफरलाई एकदमै सजिलो बनाइदिएको छ । 

कनेक्टिभिटी फिचरको कुरा गर्दा यसमा माइक्रो युएसबी, वाईफाई, ब्लुटूथ ५.० , एफएम र ओटीजी सेन्सरहरु, एक्सेलेरोमिटर, एम्बियन्ट लाइट सेन्सर, प्रोक्जिमिटी सेन्सर, भर्चुअल जाइरोस्कोप, ईकम्पास, आदि छन् । 

भिभोको वाई सिरिज फोन आफ्नो नयाँ प्रविधि र स्टाइलिस डिजाइनका लागि चिनिन्छ छ । यो फोन एकदमै हलुका छ ।

ओब्सिडियन ब्ल्याक र निबुला ब्ल्यु रंगमा फाेन उपलब्ध छन ।  दराजमा यो मोबाइलको मूल्य २०, ९९० रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०