close

भारतमै पहिलो पटक जिओले सुरु गर्‍यो हवाई जहाजमा इन्टरनेट र मोबाइल सेवा

टेकपाना टेकपाना

असोज ९, २०७७ २२:५

भारतमै पहिलो पटक जिओले सुरु गर्‍यो हवाई जहाजमा इन्टरनेट र मोबाइल सेवा

काठमाडौं । रिलायन्स जिओले भारतमै पहिलो पटक इन फ्लाइट (हवाई जहाजमा) इन्टरनेट सेवा दिन सुरु गरेको छ । भारतकै ठूलो दूरसञ्चार कम्पनी जिओले पानासोनिक एभोन्सिस कर्पोरेसनको सब्सिडरी कम्पनी एरोमोबाइलसँगको सहकार्यमा हवाईजहाजमा इन्टरनेट दिन सुरु गरेको हो ।

यो सेवा जिओका पोस्टपेड प्रयोगकर्तालाई विदेश यात्रा गर्दाको बखत प्राप्त हुनेछ । जसमार्फत जिओका प्रयोगकर्ताहरु सस्तोमा भ्वाइस र डेटामार्फत सम्पर्कमा रहन सक्नेछन् ।

जिओले यस्तो सेवा दिनका लागि २२ वटा अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सहकार्य गरेको छ । रिलायन्स जिओको जिओ पोस्टपेड प्लस सार्वजनिक भएको दुई दिन लगत्तै यो घोषणा आएको हो ।

‘यो इन फ्लाइट सर्भिस भारतीयहरुका लागि विदेश उडाउनका दौरान उपलब्ध हुनेछ । भारतको हवाई क्षेत्रमा यो सेवा उपलब्ध भएसँगै सबै जिओ ग्राहकहरुले यसमा पहुँच पाउनेछन् । त्यसबाट भारतभित्र हवाईजहाजमा रहँदाको समयमा उनीहरु सम्पर्कमा रहन सक्नेछन्,’ कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ ।

रिलायन्स जिओका निर्देशक आकाश अम्बानीले भनेका छन्, ‘जिओ पोस्टपेड प्लसले दूरसञ्चार उद्योगलाई नै परिभाषित गर्ने तथा उच्च गुणस्तरीय अनुभव प्रदान गर्ने उद्देश्य सहित यो सेवा ल्याएको छ । एरोमोबाइलसँगको सहकार्यमा हामीले आकर्षक दररेटमा इनफ्लाइट रोमिङ सेवा अफर गरेका छौं ।

यो नयाँ सेवा हाम्रा ग्राहकहरुका लागि ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित भएका छौं । यसबाट प्रयोगकर्ताहरुले २० हजार फिट माथिसम्म उच्च गुणस्तरीय र सुरक्षित रोमिङ प्राप्त गर्न सक्नेछन् ।’

इन फ्लाइट डेटा प्याकका लागि प्रयोगकर्ताले एरप्लेन मोड टूमा टर्न अफ गर्नुपर्नेछ । यसले उनीहरुको डिभाइसलाई स्वचालित रुपमा एरोमोबाइल नेटवर्कमा कनेक्ट गराउनेछ ।

यदि स्वचालित रुपमा एरोमोबाइल नेटवर्कमा कनेक्ट हुन सकेन भने प्रयोगकर्ताले आफ्नो फोनको सेटिङमार्फत क्यारियरमा गएर म्यानुअल्ली एरोमोबाइल फोर (AeroMobile 4) लाई नेटवर्कको रुपमा छनौट गर्नुपर्ने हुन्छ ।

त्यसका साथै डेटा रोमिङ समेत एक्टिभ गराउनुपर्ने हुन्छ । ‘सबै एयरलाइन्समा डेटा र एसएमएस सेवा उपलब्ध हुनेछ । यद्यपी भ्वाइस सेवा भने निश्चित एयरलाइन्समा मात्रै प्राप्त गर्न सकिनेछ,’ जिओले अगाडि भनेको छ ।

यी एयरलाइन्समा उपलब्ध हुनेछ इनफ्लाइट इन्टरनेट

  1. एयर लिङ्गस
  2. एयर सर्बिया
  3. अलिटालिया
  4. एसियन एयरलाइन्स
  5. विमान बंग्लादेश एयरलाइन्स
  6. क्याथे प्यासेफिक
  7. इजिप्टएयर
  8. इमिरेट्स
  9. इथियाद एयरवेज
  10. यूरो विङ
  11. ईभीए एयर
  12. कुवेत एयरवेज
  13. लुफथान्सा
  14. मलेसिया एयरलाइन्स
  15. मलिन्डो एयर
  16. एसएएस स्क्यान्डेभियन एयरलाइन्स
  17. सिङ्गापुर एयरलाइन्स
  18. स्विस स्विस
  19. टीएपी एयर पोर्चुगल
  20. तुर्किस एयरलाइन्स
  21. उज्बेकिस्तान एयरवेज
  22. भिरोजन एटलान्टिक

विज्ञप्तिमा एरोमोबाइलका सीईओ केभिन रोजरले भनेका छन्, ‘जिओसँग सहकार्य गर्न पाउँदा हामीले एकदमै आनन्दित महसुस गरेका छौं, जसले हाम्रो कनेक्टिभिटी सेवालाई भारतभर फैलाएको छ । यो नयाँ इन फ्लाइट रोमिङ बण्डलबाट जिओ पोस्टपेड प्लसका ग्राहकले यात्राको समयमा कनेक्टिभिटीको विषयलाई अब धेरै समयसम्म चिन्ता गर्नु नपर्ने भएको छ ।’

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०