close

शेयर गर्नुअघि पढ्न प्रेरित गर्दै ट्वीटर, ‘हेडलाइनले पुरा स्टोरी भन्दैन’

टेकपाना टेकपाना

असोज १०, २०७७ १५:१९

शेयर गर्नुअघि पढ्न प्रेरित गर्दै ट्वीटर, ‘हेडलाइनले पुरा स्टोरी भन्दैन’

काठमाडौं । रिट्वीट गर्नु अघि आर्टिकल पढ्न प्रेरित गर्ने फिचरको परीक्षण ट्वीटरले गत जुनमै सुरु गरेको थियो । प्रयोगकर्ताहरु समाचार सामग्री नपढेरै शेयर गरिरहेका हुन्छन् ।

त्यसैलाई न्युनिकरण गर्ने उद्देश्यका साथ माइक्रो ब्लगिङ साइट ट्वीटरले यो फिचर सुरु गरेको थियो । अहिले यो फिचर सबै प्रयोगकर्ताका लागि रोलआउट भएको छ ।

कम्पनीको यो फिचरको धेरैले प्रसंसा गरेका छन् । कुनै आर्टिकल तपाईंले ट्वीटरमा खोल्नु भएको छैन, तर त्यसलाई तपाईं रिट्वीट गर्दै हुनुहुन्छ भने ट्वीटरले तपाईंलाई तुरुन्तै झस्काउनेछ ।

शेयर गर्नु अघि तपाईंलाई ट्वीटरले त्यसलाई खोलेर पढ्न प्रेरित गर्दै ‘हेडलाइन डन्ड टेल द फुल स्टोरी’ भन्नेछ । त्यसपछि कन्फर्म गरेपछि मात्रै तपाईंले कुनै समाचार सामग्री ट्वीटरमा शेयर गर्न सक्नुहुनेछ ।

ट्वीटरले केही सीमित प्रयोगकर्तामा यो फिचरको परीक्षण आरम्भ गरेको थियो । त्यसयता ट्वीटरले केही रोचक तथ्याङ्क समेत संकलन गरेको छ ।

  • प्रम्प्ट (प्ररित गर्ने) बक्स देखेपछि ४० प्रतिशत प्रयोगकर्ताले लिङ्क खोलेर आर्टिकल पढ्न थालेका छन् ।
  • रिट्वीट गर्नु अघि आर्टिकल खोलेर पढ्ने प्रयोगकर्ताको संख्या ३३ प्रतिशतले बढेको छ ।
  • केही व्यक्तिले आर्टिकल खोलेर पढेपछि रिट्वीट गर्नबाट पछि हट्ने गरेका छन् ।

यो साच्चिकै रोचक अनि उत्साहजनक नतिजा हो । यसको अर्थ मानिसहरु थप सूचित भएर मात्रै जानकारीहरु शेयर गर्न थालेका छन् ।

जब मानिसहरु वास्तवमै आर्टिकल पढिसकेपछि शेयर गर्नबाट हच्किन्छन्, त्यो झनै राम्रो पक्ष हो । यद्यपी ट्वीटरले यसबाट फेक न्युज शेयरिङ गर्ने प्रवृत्ति कम गर्न सहयोग पुगेको छ वा छैन भन्ने कुरा भने स्पष्टसाथ खुलाएको छैन ।

तर मानिसहरुलाई  पढ्न प्रेरित गर्ने विषयले थप गुणस्तरीय सामग्री शेयर गर्नमा सहयोग पुगेको कुरा अन्दाज गर्न भने कठिन छैन । यदि तपाईंले त्यो आर्टिकल कतै अन्यत्रै पढिसक्नु भएको छ भने यो फिचर केही झन्झटिलो हुन भने सक्छ ।

एउटा समाचार सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमको हिसावले हामी जानकार छौं, त्यस्ता धेरै मानिसहरु छन्, जसले केवल हेडलाइन पढेकै भरमा समाचार सामग्री शेयर गरिरहेका हुन्छन् । एउटा पुरा कन्टेन्ट लेख्दा लाग्ने समयको तुलनामा हेडलाइन लेख्न निकै नगन्य समय लागेको हुन्छ ।

यदि तपाईंले यो फिचर ट्वीटरमा देख्नु भएको छैन भने हामी पनि यकिन साथ भन्न सक्ने अवस्थामा छैनौं । कम्पनीले छिट्टै आउँदैछ भनेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०