close

‘आईसीटीमा युवालाई प्रोत्साहन गर्न जरूरी’

टेकपाना टेकपाना

असोज १०, २०७७ २१:१२

‘आईसीटीमा युवालाई प्रोत्साहन गर्न जरूरी’

काठमाडौं । ‘युवाका लागि आईसीटीमा अवसर’ विषयक वेबिनार सम्पन्न भएको छ । क्यान महासंघ अन्तर्गतकाे आईसीटी फर युथ इम्पावरमेन्ट कमिटिले आयोजना गरेको वेबिनारमा बाेल्दै वक्ताहरूले आईसीटी क्षेत्रमा युवालाई प्राेत्साहन गर्ने कार्यक्रम ल्याउन जरूरी रहेकाे धारणा राखे ।

सो अवसरमा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवाका लागि नौ किसिमका सहुलियत कर्जाकाे व्यवस्था रहेकाे जानकारी दिँदै नवीन सोचमा आधारित रहेर व्यवसाय थाल्ने युवालाई परिषदले सहयाेग गर्ने भनाइ राखे ।

त्यस्तै वर्ल्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव खनालले महामारीले आईसीटी क्षेत्रमा नयाँ अवसर सिर्जना गरेको बताउँदै युवाको जोश र जाँगरलाई यसमा सदुपयोग गनुपर्ने धारणा राखे ।

त्यस्तै राम-लक्ष्मण इन्नोभेसन्स प्रालिका संस्थापक एवं अनुसन्धानकर्ता रामप्रसाद रिमालले नेपालका युवालाई अनुसन्धानको क्षेत्रमा धेरै अवसर रहेको भनाइ राखे ।

उनले अनुसन्धान र नयाँ साेच सहित आईसीटी क्षेत्रमा आउन चाहने युवासँग सहकार्य गर्न इच्छुक रहेको समेत बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०