close

ह्वाट्स एपको इक्रिप्ट च्याटमा एक्सेस पाउन प्रहरीलाई कत्तिको सजिलो ?

टेकपाना टेकपाना

असोज ११, २०७७ १४:१३

ह्वाट्स एपको इक्रिप्ट च्याटमा एक्सेस पाउन प्रहरीलाई कत्तिको सजिलो ?

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि उनकी प्रेमीका रिया चक्रवर्तीमाथि लागुऔषध प्रयोगको विषयलाई लिएर अनुसन्धान सुरु भयो ।

विस्तारै यो आत्महत्याको अनुसन्धान लागू औषध दुर्व्यसनमाथिको रुपमा अहिले नार्कोटिक्स नियन्त्रण ब्युरोले हेरिरहेको छ । यसबीच बलिउडकी ए लिस्ट अभिनेत्री दीपिका पादुकोणले पनि ह्यास, विड जस्ता गाँजा प्रयोग गर्ने गरेको उनको ह्वाट्सएप म्यासेजबाट ब्युरोले पाएको छ ।

जसै यो खबर बाहिर आयो यसले हाम्रो ह्वाट्सएप म्यासेजमा पनि आफ्नो पहुँच पुर्‍याउन निकायहरुलाई कति सजिलो रहेछ भन्ने प्रश्न मानिसहरुको मनमा उठ्न थालेको छ ।

गोपनीयतालाई प्राथमिकतामा राखेर ईण्ड टु ईण्ड इन्क्रिप्टेड म्यासेजिङ सेवा दिन्छौं भनेर खुला रुपमा घोषणा गरेको ह्वाट्सएपभित्रको हाम्रो म्यासेजमा पहुँच पुर्‍याउन यति ग्राहो छैन । 

दीपिका पादुकोणको च्याट कसरी लिक भयो ?

सुशान्तसिंह राजपुतको मुत्युपछि मामिलाले बलिउडका धेरै कलाकारले लागुऔषध प्रयोग गर्ने गरेको खुलासा भयो । यसको लिंक भने सुशान्तसिंह राजपुतको पूर्व ट्यालेन्ट म्यानेजर जया शाहसँग जोडिएको थियो ।

सुशान्तको मृत्युपछि जारी अनुसन्धानमा जया शाहमाथि पनि अनुसन्धान भएको थियो । त्यही क्रममा ब्युरोले उनको फोनमाथि एक्सेस पाएको थियो ।

तब उनको ह्वाट्सएपमा रहेको एउटा ग्रुप च्याटमा ब्युरोको नजर पर्‍यो जसमा दीपिका पादुकोण, उनको म्यानेजर पनि संलग्न थिए । उनीहरु ह्यास प्राप्त गर्ने प्रक्रियाको विषयमा कुराकानी गरिरहेका थिए । 

ह्वाट्सएप च्याट कसरी निकालिन्छ ?

जब कुनै पनि निकायले कुनै फोनमाथि अनुसन्धान गर्दछन् तब उनीहरुसँग केही यस्ता उपकरण हुन्छन् जसको मद्दतले उनीहरु लक फोनभित्र छिर्न सक्छन् ।

जब एउटा फोनभित्र एक्सेस पाइन्छ तब त्यो पुरै डिभाइसको क्लोन (डुब्लिकेट) बनाउन सकिन्छ । तर यो कपि पूर्ण रुपमा डिजिटल हुन्छ । यस्तो क्लोनमा फोनमा सुरुवातदेखिन नै रेकर्ड भएका एप डेटा र ह्वाट्सएप च्याट,कल लग, टेक्स्ट जस्ता डेटाहरु संग्रहित हुन्छन् ।   

यदि तपाईं ई टु ई इन्क्रिप्सनको बारेमा सोच्दै हुनुहुदैँछ भने ह्वाट्सएपले च्याटको डेटालाई फोनको मेमोरीमा स्टोर गर्ने र च्याटलाई क्लाउडमा सिङ्क गर्ने काम गर्दछ ।

अनुसन्धानकर्ताले फोनलाई क्लोन गरेर च्याटको भित्रसम्म पुग्न सक्छन् । साथै क्लाउडमा सिङ्क गर्न इनेबल गरिएको छ भने डिलिट भएका म्यासेजलाई पनि रिट्राइभ गरी प्रमाणको रुपमा ल्याउन सक्छन् । 

तपाईंको डेटा फोनमा छैन तर क्लाउडमा छ भने समेत फोनको क्लोनबाट एक्सेस पाएर तपाईंको सबै ब्याकअप च्याटमा सजिलै एक्सेस पाउन सक्छ । 

डिलिटेड डेटा के हुन्छ ?

आफ्नो फोनबाट सबै डेटा डिलिट गरेको छ भनेर तपाईं ढुक्क नहुनुहोस् । फोरेन्सिक उपकरण प्रयोग गरेर तपाईंको फोनको डिलिट फाइलहरु रिट्राइभ गर्नसकिन्छ ।

यी एजेन्सीहरुसँग हुने सफ्टवेयरले फोन पहिलोपटक बुट हुँदादेखि डिलिट भएका फाइल रिकभर गर्न सक्दछ । तर यदि फोन काम नै गर्न नसक्ने गरी भौतिक रुपमा अंगभंग भएको छ भने त्यस्तो समयमा उनीहरुले एक्सेस पाउन सक्दैनन् । 

ह्वाट्सएप च्याट चेक गर्ने अधिकार कसलाई छ ?

भारतको कुरा गर्दा १० यस्ता केन्द्रिय संस्था छन्, जसलाई प्रयोगकर्ताको फोनभित्र रहेका सबै कुरा खोज अनुसन्धान गर्ने अधिकार सूचना प्रविधि ऐनले प्रदान गर्दछ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०