close

वाईवाई ग्लोकल टिन हिरोका लागि यसरी दिनुहाेस् अनलाइन आवेदन

टेकपाना टेकपाना

असोज ११, २०७७ २२:१९

वाईवाई ग्लोकल टिन हिरोका लागि  यसरी दिनुहाेस् अनलाइन आवेदन

काठमाडाैं । ग्लोकल प्रालिले हरेक वर्ष गर्दै आयोजना आएको ‘वाई वाई ग्लोकल टिन हिरो’ काे नयाँ संस्करणका लागि अहिले अनलाइन आवेदनकाे समय चलिरहेकाे छ । किशोर किशोरीसँग भएको क्षमता र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन याे कार्यक्रम हुँदै आएकाे छ ।

ग्लोकल टिन हिरो कार्यक्रमले किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने आयोजकले बताएको छ ।

यस वर्षकाे ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाईन अवार्ड समाराेह र सम्मेलन मार्फत घोषणा गरिने भएकाे छ ।

काठमाडाैंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर सुरू भएकाे याे कार्यक्रम एक वर्षपछि देशैभरका किशोर किशोरीहरूको लागि आयोजना गर्न थालिएकाे हाे ।

हालसम्म नेपालका ५ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित भएका छन् ।

डिसेम्बर १२ मा शिक्षा, उद्यमशीलता, कुटनीति तथा अन्य विविध क्षेत्रका व्यक्तिहरूकाे उपस्थितिमा यो कार्यक्रम गरिनेछ ।

ग्लोकल प्रालिका संस्थापक आशिष ठाकुरले महामारीको बीचमा यस वर्षको ग्लोकल टीन हीरो कार्यक्रम डिजिटल प्रणालीबाट हुने बताए ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत विभिन्न क्षेत्रमा आफ्नो कौशलता देखाएका किशोर किशोरीहरुले ग्लाेकल टिन हिराेका लागि आवेदन भर्न सक्ने छन ।

अनलाईन आवेदन लागि याे लिंक क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०