close

यस्तो हुनेछ सामसङको पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी ए७२’

टेकपाना टेकपाना

असोज १४, २०७७ १४:२७

यस्तो हुनेछ सामसङको पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी ए७२’

काठमाडौं । बताइएअनुसार सामसङ ग्यालेक्सी ए ७२ पछाडि भागमा पाँच वटा सेन्सरयुक्त कम्पनीको पहिलो स्मार्टफोन हुने बताएको छ । दाबी गरिएअनुसार यो स्मार्टफोन सन् २०२१ को मध्यसम्ममा सार्वजनिक हुनेछ ।

सामसङले पेन्टा क्यामेरा सेटअप आफ्नो फ्ल्यागशिप स्मार्टफोनबाट सुरुवात गर्ने छैन । बरु ग्यालेक्सी ए ७२ मार्फत थालिनेछ । जुन मिड रेञ्ज सेग्मेन्टमा आउने आशा गरिएको छ ।

ग्यालेक्सी ए ७२ लाई ग्यालेक्सी ए ७१ को अपग्रेडेड भर्सनको रुपमा हेरिएको छ । जुन यसै वर्षको सुरुवातसँगै बजारमा आएको थियो । दक्षिण कोरियाको प्रकाशन संस्था द एलेकको रिपोर्टमा उद्योग स्रोतको हवाला दिँदै ग्यालेक्सी ए ७२ मा पेन्टा क्यामेरा सेटअप हुने उल्लेख गरिएको छ ।

जसअनुसार त्यसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स, तीन गुणा अप्टिकल जुमसँगै ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा, पाँच मेगापिक्सेलको म्याक्रो लेन्स र पाँच मेगापिक्सेलकै अर्को सेन्सर हुनेछ ।

रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए ७२ मा अगाडितर्फ ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा हुनेछ । यसबाहेक ग्यालेक्सी ए ५२ लाई समेत ग्यालेक्सी ए ७२ सँगै सार्वजनिक हुने दाबी रिपोर्टमा गरिएको छ । जसमा ग्यालेक्सी ए ५१ मा जस्तै क्वाड (चार वटा) क्यामेरा सेटअप हुनेछ ।

सामसङ ग्यालेक्सी ए ७२ पाँच वटा क्यामेरा सेटअप भएको विश्वकै पहिलो स्मार्टफोन भने हुनेछैन । यस अघि नै एचएमडी ग्लोबलले नोकिया नाइन पियोरभ्यूमा यस्तै किसिमका पाँच सेन्सर रहेको पेन्टा क्यामेरा सेटअप राखेको छ ।

पछिल्लो रिपोर्ट अनुसार ग्यालेक्सी ए ७२ मा अप्टिकल इमेज स्टेबलाइजेसन (एआईएस) रहेको पहिलो ए सिरिजको स्मार्टफोन हुनेछ । सामसङले आउँदो वर्ष ए सिरिजका हाइ एन्ड मोडलमा ओआईएस प्रविधि ल्याउने योजना बनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०