close

जिमेलमा यसरी ट्रान्सफर गर्नुहोस हटमेल र याहूका ईमेल

टेकपाना टेकपाना

असोज १२, २०७७ १५:५१

जिमेलमा यसरी ट्रान्सफर गर्नुहोस हटमेल र याहूका ईमेल

काठमाडौं । मानिसहरुले सुरुवाती समयमा याहू र हटमेलको निकै प्रयोग गर्दथे । तर जिमेल आएपछि यी ईमेल सेवाको प्रयोग कम हुँदै गएको छ । 

यदि तपाईं याहू वा हटमेलबाट जिमेलमा सिफ्ट भइसक्नु भएको छ भने निश्चित रुपमा तपाईंका ती ईमेलमा पुराना डेटा रहेका होलान् । यदि तपाईं ती ईमेलमा रहेका डेटा जिमेलमा ट्रान्सफर गर्न चाहनुहुन्छ भने त्यसका लागि आज हामी सजिलो तरिका बताउँदै छौं ।

त्यसो त जिमेल नै विश्वको सबैभन्दा धेरै प्रयोग गरिने ईमेल सर्भिस हो । अहिलेको समयमा एक अर्ब ८० करोड भन्दा धेरैले जिमेलको प्रयोग ग रिरहेका छन् ।

यसमा गुगल ड्राइभ इन्टिग्रेसन, ईमेल शेड्युल फिचर, एडभान्स सर्च, स्पाम ब्लक, कन्फिडेन्सियल मोड आदि जस्ता फिचर रहेका छन् । आउनुहोस्, सुरु गरौं अरु कुनै ईमेल सर्भिसबाट जिमेलमा डेटा ट्रान्सफर गर्ने तरिका । 

याहूबाट जिमेलमा

याहू मेलबाट जिमेलमा डेटा ट्रान्सफर गर्न निकै सहज छ । यसका लागि सुरुमा तपाईंले आफ्नो जिमेल अकाउण्टलाई डेक्सटपमा लगईन गर्नुपर्ने हुन्छ ।

फोनबाट गर्दै हुनुहुन्छ भने वेबब्राउजरमा जिमेल लगईन गर्नुहोस् । लगईन गरिसकेपछि तपाईंले जिमेलको सेटिङमा जानुपर्ने हुन्छ । 

सेटिङमा रहेको अकाउण्ट एन्ड इम्पोर्ट ट्याबमा दबाउनुहोस् । जुन तपाईंले सेटिङको सुरुमै देख्न सक्नुहुनेछ । 

अब याहू मेलबाट ईमेल डेटा इम्पोर्ट गर्नका लागि तपाईंले इम्पोर्ट मेल एन्ड कन्ट्याक्ट्स मा क्लिक गर्नुपर्नेछ । यदि तपाईंले यहाँनिर याहूबाट ईमेल डेटा जिमेलमा ट्रान्सफर गर्दै हुनुहुन्छ भने आफ्नो याहूको ईमेल एड्रेसाई इन्टर गर्नुपर्नेछ ।

त्यसपछि कन्टिन्युमा क्लिक गर्नुहोस् । अब जिमेलले तपाईंको याहू एड्रेस सर्च गर्नेछ र एक नयाँ विण्डो खुल्नेछ ।

जहाँ तपाईंले आफ्नो याहू अकाउण्टलाई लगइन गर्नुपर्नेछ । जब तपाईं साइन इनको प्रक्रिया पुरा गर्नुहुन्छ त्यसपछि डेटा ट्रान्सफरका लागि त्यसले अनुमति माग्नेछ ।

त्यहाँ एग्री बटनमा क्लिक गरेपछि विण्डोलाई बन्द गरिदिनुहोस् । यति गरिसकेपछि तपाईं पहिलेकै विण्डोमा पुग्नुहुनेछ ।

त्यसमा तपाईं याहू मेलबाट जिमेलमा के के इम्पोर्ट गर्न चाहनुहुन्छ, त्यसलाई छनौट गर्नुहोस् । यसबाट तपाईंले याहूबाट कन्ट्याक्ट र ईमेल दुवैलाई जिमेलमा ट्रान्सफर गर्न सक्नुहुन्छ ।

अब स्टार्ट इम्पोर्टमा क्लिक गर्नुहोस् र ओके बटन दबाउनुहोस् । यति गरेपछि अब याहूबाट तपाईंको ईमेल डेटा जिमेलमा ट्रान्सफर हुनेछ । जसलाई तपाईंले आफ्नो जिमेलमा समेत देख्न सक्नुहुनेछ । 

हटमेलबाट जिमेलमा

हटमेलको ईमलेल डेटालाई तपाईंले सजिलै आफ्नो जिमेलमा ट्रान्सफर गर्न सक्नुहुन्छ । यसको प्रक्रिया पनि याहूबाट जिमेलमा ईमेल डेटा ट्रान्सफर गरेजस्तै हो ।

तपाईंले जिमेलको सेटिङबाट अकाउण्ट एन्ड इम्पोर्टहुँदै इम्पोर्ट मेल एन्ड कन्ट्याक्टमा पुग्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले त्यहाँ हटमेलको एड्रेस राखेर इम्पोर्टको प्रक्रिया थाल्नुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०