close

स्थानीय तहको अनलाइन कारोबारमा भुक्तानी प्रदायकलाई समान शुल्क तोक्ने तयारी

टेकपाना टेकपाना

असोज १२, २०७७ १४:१२

स्थानीय तहको अनलाइन कारोबारमा भुक्तानी प्रदायकलाई समान शुल्क तोक्ने तयारी

काठमाडौं । स्थानीय तहको मोबाइल एप मार्फत भुक्तानी सेवा उपलब्ध गराउने प्रदायकका लागि समान शुल्क निर्धारण गर्ने तयारी भएकाे छ । सेवा प्रदायकले फरक-फरक शुल्क लिँदा अन्यौलता आउने भन्दै देशैभरका स्थानीय तहका लागि लागू हुने गरी शुल्क निर्धारण गर्न लागिएको हो ।

‘भुक्तानी कारोबार भएबापत स्थानीय तहले सेवा प्रदायकलाई बुझाउने रकम देशैभर समान होस् भन्ने उद्देश्यले यस्ताे व्यवस्था ल्याउने तयारी गरिएकाे हाे,’ सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले भने ।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीसँग छलफल जारी राखिएकाे बताउँदै केही दिनमै औपचारिक पत्र पठाउने बताए ।

यसपछि मन्त्रालयले भुक्तानी सेवा प्रदायकसँग छलफल गरी समान शुल्क दर तोक्ने छ ।

यसैबीच हालै सार्वजनिक गरिएकाे स्थानीय तहकाे एपबाट राम्राे प्रतिक्रिया पाइरहेकाे बताउँदै उनले आवश्यकता अनुसार फिचरहरू थपिने जानकारी पनि दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०