close

६५ वाट फास्ट चार्जिङ भएको वानप्लस एट टी फाइभजी सार्वजनिक हुँदै

टेकपाना टेकपाना

असोज १३, २०७७ ७:३०

६५ वाट फास्ट चार्जिङ भएको वानप्लस एट टी फाइभजी सार्वजनिक हुँदै

काठमाडौं । प्रयोगकर्तालाई भिन्न खालको अनुभव दिलाउने मामिलामा स्मार्टफोन निर्माता कम्पनी वान प्लस निकै अघि छ ।  गत अप्रिलमा सार्वजनिक वान प्लस एट सिरिजको सानदार सफलतापश्चात अब कम्पनीले नयाँ फ्ल्यागशिप फोन वानप्लस एट टी फाइभजी सार्वजनिक गर्दैछ । 

आउँदो अक्टुबर १४ मा विश्वबजारमा सार्वजनिक हुने यो फोनको प्रतिक्षा वानप्लसका फ्यानले लामो समयदेखि गर्दै आएका छन् । 

मजबूद तथा आकर्षक हार्डवेयर र लाइटवेट सफ्टवेयर सहित नयाँ डिभाइस सार्वजनिक गर्ने मामिलामा वानप्लससँग कुनै पनि कम्पनीले खुलेर प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

अब वानप्लस एट टी फाइभजी यस्ता फिचरका साथ आउँदैछ, जसले स्मार्टफोनको अनुभवलाई नयाँ उचाईमा लैजानेछ । 

यस्ता छन् फिचर 

वान प्लसले आफ्ना प्रयोगकर्ताका लागि भिन्न भ्युइङ अनुभव दिने सन्दर्भमा निकै सोचविचार गर्ने गर्छ । त्यसै अनुरुप यसपटक वानप्लस एट टी फाइभजीमा १२० हर्ज फ्लुइड डिस्प्ले प्रविधि प्रयोग गरिएको छ ।

जसमा अल्ट्रा स्मुथ एक्युरिसीका साथै सानदार डिस्प्ले हुनेछ । वानप्लसले गत अप्रिलमा सार्वजनिक गरेको आफ्नो एट सिरिजमा पहिलोपटक कर्भ्ड १२० हर्ज डिस्प्ले प्रयोग गरेको थियो ।

त्यसबाट थप एक कदम अगाडि बढ्दै कम्पनीले वान प्लस एट टीमा १२० टी फाइजी सहित १२० हर्ज फ्लुइड डिस्प्ले राखिएको छ । डिस्प्ले मेटले यसलाई समग्रमा ए प्लसको डिस्प्ले रेटिङ दिएको छ । 

सही अनि वास्तविक रंगको अनुभूती

वान प्लसले आफ्नो वान प्लस एट टी फाइभजीमा सबैभन्दा राम्रो कलर एक्युरेसीलाई सुनिश्चित गरेको छ । यसको जस्ट नोटिसेबल कलर डिफरेन्स शून्य दशमलव ३ मात्र छ ।

जसले तपाईंलाई एकदमै वास्तविक कलरको अनुभूती दिलाउनेछ । यस बाहेक यो फोनमा सय प्रतिशत डीसीआई पी थ्री छ । जुन फिल्म उद्योगमै रुचाइएको कलर स्पेस हो ।

भलै तपाईं एचडी डिस्प्ले हेरिरहनु भएको होस्, फोटो साइप गरिरहनुभएको होस् वा गेम नै खेलिरहनु भएको होस्, वान प्लस एट टी फाइभजीमा तपाईंलाई एफएचडी प्लस २.५ डी फ्लेक्जिबल डिस्ले तथा एचडीआर टेन प्लस स्याण्डर्डका कारण बडो आकर्षक भ्युइङ अनुभवव मिल्नेछ । 

र्‍याप चार्जिङ प्रविधि

वानप्लसले सार्वजनिक गरेको टिजरमा कम्पनीले चार्जिक प्रविधिमा कसरी क्रान्ति ल्याउँदैछ भन्ने कुरा देखाइएको छ । टाइप सीबाट सुरु गरेको कम्पनीले अब र्‍याप चार्ज प्रविधिसम्म पुगिसकेको छ ।

वान प्लस एट टीमा र्‍याप चार्ज ६५ प्रविधि प्रयोग हुनसक्ने संभावना छ । यसले फास्ट चार्जिङको दिशामा कोशेढुङ्गा नै सावित हुन सक्छ । 

यस्तो हुनसक्छ अरु स्पेसिफिकेसन

वानप्लसले आधिकारीक रुपमा वानप्लस एट टी फाइजीको स्पेसिफिकेसन बाहिर ल्याएको छैन । तर यसमा क्वालकम स्नापड्रागन ८६५ प्लस प्रोसेसरसँगै १२ जीबी र्‍याम तथा २५६ जीबीसम्मको स्टोरेज हुनसक्ने बताइएको छ ।

जसको मूल्य ५९९ युरोदेखि ६९३.१८ युरो हुने बताइएको छ । यदि सार्वजनिक भएको मूल्य सही भएको खण्डमा यो फोन वान प्लस एट भन्दा पनि सस्तो हुनेछ ।

रिपोर्टअनुसार वानप्लस एट टी फाइभजीमा चार वटा रियर क्यामेरा हुनसक्छन् । जसमा ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर र पाँच मेगापिक्सेलको म्याक्रो सेन्सर हुनेछ ।

फोनमा ४५०० एमएच क्षमताको ब्याट्रीका साथै ६५ वाट फास्ट चार्जिङ सपोर्ट हुनेछ । एन्ड्रोइड एलाइभने आउट अफ द बक्समा आधारित नयाँ रिलिज भएको अक्सिजन ओएसमा रन हुनेछ । 

सार्वजनिकीकरण

वानप्लस एट टी फाइभजीको ग्लोबल लञ्च इभेन्टको लाइभ १४ अक्टुबर साँझ ७ः४५ देखि सुरु हुनेछ । लाइभ इभेन्ट यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

यस्तो छ वानप्लस एट टी फाइभजीको थ्रीडी टिजर

वानप्लस एट टी फाइभजमा हुने चार्जिङ प्रविधि देखाउँदै कम्पनीले एउटा आकर्षक थ्रीडी टिजर सार्वजनिक गरेको छ । यहाँ क्लिक गरेर तपाईं त्यसमा जान सक्नुहुन्छ ।

जारी छ फोनको प्रि बुकिङ

वानप्लस एट टी फाइभजीको प्रि बुकिङ २५ सेप्टेम्बरदेखि नै सुरु भइसकेको छ । यो प्रि बुकिङ १६ अक्टुबरसम्म जारी रहने कम्पनीले जनाएको छ । प्रिबुकिङ गराउने ग्राहकले बिक्री सुरु हुँदा प्राथमिकता प्राप्त गर्नेछन् । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०