close

बरदान अनलाइन स्टोरको दशैं उत्सव, उपहारमा खसी र रिसोर्टको प्याकेज

टेकपाना टेकपाना

असोज १३, २०७७ १५:१२

बरदान अनलाइन स्टोरको दशैं उत्सव, उपहारमा खसी र रिसोर्टको प्याकेज

काठमाडौं । ई-कमर्स कम्पनी बरदान अनलाइन स्टोरले दशैंको अवसरमा नयाँ योजना ल्याएको छ । यसअन्तर्गत असोज ११ देखि कार्तिक ६ सम्म बरदान अनलाइन स्टोरबाट खरिद गर्दा ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

एक हजार रुपैयाँभन्दा बढी सामान किन्ने व्यक्तिलाई स्टोरले अर्डरकोड उपलब्ध गराउने र त्यसै कोडमार्फत लक्की ड्रमार्फत विजेता छनोट गरिने कम्पनीका कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए ।

लक्की ड्रबाट उपहार जित्नेलाई खसी, चितवनको बाराही जङ्गगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे वीथ डिन्नर, सराङकोट माउण्टेन लजमा दुई दिन एक रातको कपल स्टे वीथ डिनर र पाँच हजार रुपैंया बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गर्ने पौडेलले बताए।

यसबाहेक बरदान दशैँ उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता पाँच सय रुपैयाँ बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पाउनेछन् ।

दशैं उत्सवको समाप्तिपछि दोस्रो ठूलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने कार्यकारी प्रमुख पौडेलले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०