close

यसरी अनलाइनबाटै गर्नुहोस् अन्तःशुल्क इजाजतपत्रको नवीकरण

टेकपाना टेकपाना

असोज १३, २०७७ १६:१

यसरी अनलाइनबाटै गर्नुहोस् अन्तःशुल्क इजाजतपत्रको नवीकरण

काठमाडौं । कोभिड १९ का कारण सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा सरकारी कार्यलयमा गएर त्यहाँ भिडभाड गर्नुभन्दा अनलाइन सेवा लिनु सबैभन्दा उत्तम उपाय हो ।

त्यसैले पनि सरकाले पछिल्लो सय विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेकाे छ । यसैक्रममा करदाताले अनलाइनबाटै अन्त:शुल्क इजाजतपत्रको नवीकरण गर्ने सुविधा ल्याइएकाे छ ।

करदाताले अन्त:शुल्क इजाजतपत्रको नवीकरण यही असोज मसान्तसम्म गर्न सक्नेछन् । त्यसका लागि आवश्यक प्रक्रिया के के हुन सक्छन् भन्ने विषय सिकाउँदै छौं ।

उल्लेखित प्रक्रियालाई अपनाएर करदाताले अनलाइनबाटै अन्त:शुल्क इजाजतपत्रको नवीकरण गर्न सक्नुहुनेछ ।

त्यसका लागि सुरुमा तपाईं नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागको वेबसाइटमा जानुहोस् ।

वेबसाइटको देब्रेपट्टि बीचमा ‘करदाता पोर्टल’ भन्ने अप्सन रहेको छ । उक्त अप्सनमा क्लिक गर्नुहोस्

त्यहाँ क्लिक गर्दा नयाँ ट्याव खुल्नेछ । उक्त ट्यावमा तपाईंले विभिन्न अप्सन देख्नुहुनेछ ।

यसमध्ये ‘एक्ससाइज’ भन्ने अप्सनमा डबल क्लिक गर्नुहोस् । त्यसभित्र ‘सेल्फ रिन्यु पर्मिट’ भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले आफ्नो ‘प्यान’ नम्बर र ‘इजाजत नम्बर’ राख्नुहोस् ।

त्यति गरेसँगै तल रहेको ‘रजिस्टर’ बटनमा क्लिक गर्नुहोस् । अब त्यहाँ कुन–कुन कारोबार गर्ने इजाजतपत्र लिएको छ र त्यसका लागि कति इजाजत दस्तुर लाग्छ भन्ने सुचना आउनेछ ।

उक्त सूचनाका आधारमा तपाईंले आफूले तिर्नुपर्ने दस्तुर तय गर्न सक्नुहुनेछ ।

दस्तुर तय भएसँगै त्यहाँ उपलब्ध बैंक छनोट गर्न सक्नुहुनेछ । बैंक छनोट गरी ‘सब्मिट’ बटनमा क्लिक गरी ‘कनेक्ट आइपीएस’ मार्फत दस्तुर भुक्तानी गर्न सक्नुहुनेछ ।

यति प्रक्रिया पुरा गरेसँगै तपाईंको अन्त:शुल्क इजाजतपत्रको नवीकरण हुनेछ ।

अन्त:शुल्क इजाजतपत्रको नविकरण त भयो । अब उक्त इजाजतपत्र प्रिन्ट गर्नका लागि अघि भनेजस्तै पूनः ‘करदाता पोर्टल’ मा क्लिक गर्नुहोस् ।

त्यहाँ भित्र ‘जनरल मेन्यु’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ ‘टेक्सपेयर लगइन’ भन्ने अप्सन रहेको छ । त्यसमा क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले आवश्यक जानकारी (प्यान, युजर आईडी, पासवर्ड) राखि लगइन गर्नुहोस् ।

त्यहाँ तपाईंले ‘केवाईटी फर्म’ उपलब्ध रहेको छ । यदि यसअघि नै नरिसक्ने भएको छ भने पुन: भर्नुपर्ने छैन ।

यदि छैन भने उक्त फर्म भर्न ‘केवाईटी लिंक’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् र त्यहाँ आवश्यक जानकारी उपलब्ध गराउनुहोस् ।

त्योसँगै तपाईंले त्यहाँ ‘उपलब्ध प्रिन्ट एक्ससाइज मेन्यु’ मा क्लिक गरी त्यहाँ इजाजतपत्र नम्बर राखेर सर्च बटनमा क्लिक गर्नुहोस् ।

सर्च गरेसँगै त्यहाँ तपाईंले आफ्नो डकुमेन्ट प्राप्त गर्नुहुनेछ । उक्त डकुमेन्टलाई प्रिन्ट गरी राख्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०