close

अनलाइनबाटै अविवाहित सिफारिस दिँदै वालिङ नगरपालिकाले थाल्यो ई-गभर्नेन्स सेवा

टेकपाना टेकपाना

असोज १३, २०७७ १६:५५

अनलाइनबाटै अविवाहित सिफारिस दिँदै वालिङ नगरपालिकाले थाल्यो ई-गभर्नेन्स सेवा

स्याङ्जा। जिल्लाको वालिङ नगरपालिकाले नागरिकलाई सेवा सुविधा सहज र सरल तरिकाले प्रदान गर्न डिजिटल सुशासन प्रणालीको सुरुवात गरेको छ ।

नगरपालिकाले स्मार्टपालिका प्रालिसँगको सहकार्यमा यसको सुरुवात गरेको हो । याे सेवाकाे थालनी आइतबार प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको उपस्थितिमा गरिएकाे थियाे ।

सन्देश पंगेनीलाई अविवाहित सिफारिस दिँदै याे सेवा सञ्चालनमा ल्याइएको थियो ।

यो सेवाको सुरुवातसँगै नगरपालिकाका जनताले घरमै बसी मोबाइलको प्रयोग गर्दै नगर र वडाबाट सहज रुपमा सेवा लिन पाउने छन् ।

नगरप्रमुख दिलिप प्रताप खाँडका अनुसार वालिङ नगरपालिकाले विगत २ वर्षदेखिको प्रयासपछि यो प्रणालिको विकास सम्भव भएको हो । योसँगै नागरिककाे सेवा डिजिटलबाटै उपलब्ध हुने उनले बताए ।

कार्यक्रममा स्मार्टपालिकाका रिलेसनसिप म्यानेजर राजानन्द माण्डव्यले देशका १०० भन्दा बढी स्थानीय निकायलाई प्रविधिमय बनाउँदै प्रविधिमैत्री जनता र पालिकालाई डिजिटल रुपान्तरणमा अग्रसर गराउने अभियानमा स्मार्टपालिका रहेको बताए ।

उनले स्मार्टपालिकामा हाल ७४ प्रकारका मोड्युलहरु रहेका बताए । जसमा जनताका आधारभुत सेवा सुविधा अन्तरगत पञ्जीकरण घटना दर्ता, सिफारिस, ई-नक्सा, स्मार्ट पेमेन्ट सहितका सुविधा मोबाइलबाटै गर्न सकिने छ ।

उक्त सिस्टममा प्रयोग भएको डिजिटल हस्ताक्षरका लागि रेडियन्ट इन्फाेटेक, स्मार्ट पेमेन्टका लागि खल्ती, कनेक्ट आईपीएस लगायत अन्य विभिन्न सेवा प्रदायकसँग सहकार्य गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०