close

ह्वाट्सएपको च्याट अब स्वतः मेटिएर जाने !

टेकपाना टेकपाना

असोज १४, २०७७ १०:१५

ह्वाट्सएपको च्याट अब स्वतः मेटिएर जाने !

काठमाडौं । ह्वाट्सएपको नयाँ भर्सन २.२०.२०११ को बेटा भर्सन सार्वजनिक भएको छ । नयाँ भर्सनसँगै अब ह्वाट्सएप प्रयोगकर्ताले अरुलाई पठाएको फोटो, भिडियो तथा जीआईएफ फाइल डिलिट गर्न सक्ने छन् ।

यो फिचर पहिलो पटक ‘वाबेटाइन्फो’ वेबसाइटले सार्वजनिक गरेको हो । जसअनुसार च्याटमा कुराकानी गर्दा गर्दै आफूले पठाएको फोटो, भिडियो, जीआईएफ स्वतः डिलेट हुनेछ ।
त्यसका लागि प्रयोगकर्ताले फोटो, भिडियो, जीआईएफ पठाउँदा ‘भ्यु वान्स’ बटनमा क्लिक गर्नुपर्नेछ ।

उक्त बटनमा क्लिक गरी फोटो भिडियो पठाएको खण्डमा उक्त फाइल आफू च्याटमा रहुन्जेलसम्मको लागि मात्रै रहनेछ । जब च्याट सकिएर ह्वाट्एप बन्द हुनेछ, उक्त फाइल स्वतः हराउने उल्लेख गरिएको छ ।

जब तपाईं पुनः च्याट अन गर्नुहुनेछ त्यसबेला ‘भ्यु वान्स फोटो एक्सपाएर’ भनी पप–अप नोटिफिकेशन मात्रै उपलब्ध हुनेछ । उक्त फाइल फोनमा स्टोर भएर समेत नबस्ने उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार यो नयाँ फिचर अझैपनि विकासकै क्रममा रहेको छ । बेटा भर्सनमा उपलब्ध गराइएको भएतापनि यसमा आवश्यक थप काम भइरहेको बताइएको छ ।

त्यसैले यसको फुल भर्सन कहिले उपलब्ध हुन्छ भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०