close

विश्वकै ठुलो इन्टरनल हार्ड डिस्क ड्राइभ आउँदै, कति होला स्टोरेज ?

टेकपाना टेकपाना

असोज १४, २०७७ ९:१

विश्वकै ठुलो इन्टरनल हार्ड डिस्क ड्राइभ आउँदै, कति होला स्टोरेज ?

काठमाडौं । अमेरिकी डेटा स्टोरेज कम्पनी सिगेट टेक्नोलोजीले डेटा स्पेयर २०२० कन्फ्रेन्सको उद्घाटन गरेको छ । सो कन्फ्रेन्समार्फत कम्पनीले विश्वकै सबैभन्दा ठूलो हार्ड डिस्क ड्राइभ एक्जोस २० प्लस आउँदो डिसेम्बरमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यो इन्टरनल हार्ड डिस्क ड्राइभ पहिलो यस्तो एचडीडी हुनेछ, जसमा एचएएमआर प्रविधि (यसले एचडीडीको क्षमतालाई बढाउनेछ) र एमएसीएच टू अक्युएटर प्रविधिको प्रयोग हुनेछ । एसएलए पर्फर्मेन्स मेन्टेन गरी स्टोरेज क्षमता ५० टीबीसम्म विस्तार गर्न सकिने गरी यसको डिजाइन गरिएको छ । 

 उक्त कन्फ्रेन्समा सिगेटका सीईओ डेभ मोसलेले दुई वटा रोचक स्लाइड प्रस्तुत गरेका थिए । पहिलो स्लाइडमा आठ टीबीको तुलनामा १८ टीबीमा एक पीबी स्टोर गर्दा टीसीओ एक तिहाई बच्ने देखिएको थियो । 

दोस्रोमा ५० टीबी भर्सनको तुलनामा २० टीबी एचएएमआर प्रयोग गर्दा प्रति पीबीका लागि पर्न जाने मुल्य समेत तुलना गरेर देखाइएको थियो । त्यसक्रममा हाइपरस्केलरको माध्यमबाट शक्तिशाली क्षमता भएको हार्डड्राइभ तीव्र अनि निरन्तर रुपमा प्रयोग गर्दा प्राप्त हुने दीगो लागत उपादेयता समेत प्रस्तुत गरिएको थियो । 

सिगेटले सफ्टवेयरमा आधारित स्टोरेज प्लेटफर्मको रुपमा एउटा ओपन सोर्स एस थ्री कम्प्याटिबल कोरटीएक्स यस अघि नै सार्वजनिक गरिसकेको छ । जसमा प्रति र्‍याक नोडमा १०६ ड्राइभ (अर्थात २.१२ पीबी) डेलिभर गर्न सक्ने लेभी ड्राइभ नामक रेफरल आर्किटेक्चर र्‍याक समेत रहेको छ ।

सेप्टेम्बरको सुरुवातसँगै सिगेट र डब्लुडी दुवैले सीएमआर र पीएमआर प्रविधिमा आधारित १८ टीबी हार्ड डिस्क ड्राइभ सार्वजनिक गरेका थिए । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०