close

ईसेवाले पायो आईएसओ २७००१ को गुणस्तर प्रमाणपत्र

टेकपाना टेकपाना

असोज १४, २०७७ १३:४५

ईसेवाले पायो आईएसओ २७००१ को गुणस्तर प्रमाणपत्र

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी सेवा दिँदै आएको कम्पनी र यसले प्रयोग गर्ने प्रविधि गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय रहेको पुष्टी भएको छ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले कम्पनीले स्थापनाकालदेखि नै सूचना प्रणाली , गोपनीयता र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै आएको बताए । ‘हामीले प्रविधिमा आधरित व्यवसाय सञ्चालन गरिरहेकाले अझ बढी संवेदनशील भएर विश्वस्तरीय सुरक्षा मापदण्डहरु अपनाउदै आएका छौं,’ उनले भने ।

सूचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आईएसओ २७००१ ले तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु कम्पनी, ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा वित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पूर्ण सरोकारवालाका लागी खुशीको कुरा भएको उनको भनाई छ । आईएसओबाट सर्टिफाइड भएसँगै कम्पनीको सेवा सुरक्षित र गुणस्तरिय रहेको कुरा थप पुष्टी भएको छ ।

आईएसओ २७००१ः२०१३ (हालको संस्करण) सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने संसारकै सबैभन्दा विश्वसनीय आधारको रूपमा रहेको छ । पछिल्लो समय कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबूतीलाई जाच्ने मूख्य आधार नै आईएसओ भएको छ ।

यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनमा जोखिमबाट माथि उठाउँछ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गर्दै नेपालमा डिजिटल भुक्तानीको जग हालेको ईसेवाले सन् २०१० जनवरी २५ बाट सेवा सुरु गरेको थियो । हाल कम्पनीको वालेटमा खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढी छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको ईसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका र वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा सहयोगी बनेको छ ।

हाल देशभर ईसेवाका एक लाखभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा प्वाइन्ट) रहेका छन् । साथै ईसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या करिब ३५ लाख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०