close

अमेरिकी चुनावमा चार मतदाताले अन्तरिक्षबाट मतदान गर्ने

टेकपाना टेकपाना

असोज १४, २०७७ १६:१७

अमेरिकी चुनावमा चार मतदाताले अन्तरिक्षबाट मतदान गर्ने

काठमाडौं । चारजना अमेरिकी अन्तरिक्ष यात्रीहरुले यसपटकको आम चुनावमा अन्तरिक्षबाटै मतदान गर्ने भएका छन् ।

चुनावअघि अन्तरिक्ष यात्री केट रुबिन्स अन्तराष्ट्रिय स्पेस स्टेसनमा रसियाली सोयुज रकेटमा अक्टोबर १४ मा आइएसएसका लागि प्रक्षेपण गर्दैछिन् । रुबिन्सले अन्तराष्ट्रिय समाचार एजेन्सी एपीसँग अन्तरिक्षबाट नै आफ्नो मतदान गर्ने बताएकी छन् । 

रुबिन्ससँगै अन्य तीन अमेरिकी अन्तरिक्षयात्री माइक हप्किन्स, भिक्टर ग्लोभर र स्यानन वाल्करले पनि अन्तरिक्षबाट नै मतदान गर्नेछन् । यी तीनजना यात्री भने अक्टोबर ३१ तारिखमा स्पेसएक्सको क्रु ड्रागनबाट अन्तरिक्षमा उडान गर्दै छन् । 

अन्तरिक्षयात्रीहरुलाई मतदानको व्यवस्था मिलाउन नासाले विभिन्न निर्वाचन संघ संगठनसँग काम गरिरहेको बताइएको छ ।

वाकरले यसअघि पनि २०१० मा अन्तराष्ट्रिय स्पेस स्टेसनबाट आफ्नो पहिलो यात्रामै मतदान गरेकी थिइन् । 

अन्तरिक्षबाट मतदान गर्नलाई एकदमै सिधा प्रक्रिया रहेको छ । नासाले विगत २० वर्षदेखि यात्रीहरुलाई आइएसएसमा पठाउँदै आइरहेको कारण नासासँग यसको पनि राम्रै अनुभव छ ।

अन्तरिक्ष उडान भर्नुअघि यात्रीहरुले फेडेरल पोस्ट कार्ड एप्लिकेसन भर्दछन् । सैनिक सदस्यहरुले पनि अनुपस्थित भएको अवस्थामा यहिँ फर्म भरेर मतदान गर्न गर्दछन् । 

उक्त फर्म अनुमोदन भइसकेपछि यात्रीको क्षेत्रभित्र चुनाव पर्यवेक्षण गर्ने कर्मचारीले मतदान पत्रलाई परिक्षण गरी नासामा पठाउँछन् ।

ती पत्रहरु सुरक्षित पीडीएफमा हुन्छन् । नासाले सो मतदान पत्र पाइसकेपछि त्यसलाई ट्रेनिङ कम्प्युटरको प्रयोग गरेर अन्तरिक्षबाट मतदान पत्र भर्न सकिन्छ कि सकिन्न भनेर परीक्षण गर्दछन् ।

यदि त्यसले काम गर्‍यो भने नासाको मिसन कन्ट्रोल सेन्टरले चुनावको दिन इमेल मार्फत मतदान पत्र यात्रीहरुलाई पठाउने गर्दछन् ।

त्यसपछि यात्रुहरुले मन परेको उम्मेद्वार छानी मेल पुन नासालाई पठाइदिन्छन् । नासाले त्यो पत्र त्यस क्षेत्रको आधिकारिक व्यक्तिलाई पठाइदिन्छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०