close

गुगलले सार्वजनिक गर्‍यो नयाँ स्मार्टफोन पिक्सेल फाइभ

टेकपाना टेकपाना

असोज १५, २०७७ ९:१६

गुगलले सार्वजनिक गर्‍यो नयाँ स्मार्टफोन पिक्सेल फाइभ

काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गुगलले पिक्सेल सिरिजको पछिल्लो स्मार्टफोन पिक्सेल फाइभ सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा पञ्चहोल डिस्प्लेका साथ शक्तिशाली प्रोसेसर राखिएको छ । यस बाहेक यो स्मार्टफोनमा जम्मा तीन वटा क्यामेरा राखिएको छ । 

गुगल पिक्सेल फाइभमा ४०८० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जुन १८ वाट फास्ट चार्जिङ तथा रिभर्स चार्जिङ फिचरयुक्त रहेको छ । यस बाहेक यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि फाइभजी, वाईफाई, जीपीएस, ब्लुटुथ र यूएसबी पोर्ट लगायतका फिचर दिइएको छ । 

कति छ मुल्य ? कम्पनीले गुगल पिक्सेल फोर ए फाइभजी स्मार्टफोनको पूर्ण प्याकेजको मुल्य ६९९ डलर राखेको छ । प्याकेजमा फोनका साथै चार्जर, एउटा यूएसबी टाइपी सी टु यूएसबी सी केबल, यूएसबी टु यूएसबी ए कन्भटर समेत उपलब्ध हुनेछ । 

 यो फोनको प्रिअर्डर बुधबार नै सुरु भइसकेको छ । जुन अक्टुबर १५ देखि महिनादेखि अस्ट्रेलिया, क्यानडा, जर्मनी, आयरल्याण्ड, जापान, ताइवान, बेलायत र अमेरिका लगायतका १५ देशमा उपलब्ध गराउनेछ । 

स्पेसिफिकेसन

गुगल पिक्सेल फोर ए फाइभजी स्मार्टफोन एन्ड्रोइड इलाभेन अपरेटिङ सिस्टमा रन हुन्छ । यो स्मार्टफोनमा ६ इन्चको फुल एचडी प्लस ओलेड डिस्प्ले राखिएको छ । 

जसको रेजोलुसन १०८० बाई २३४० पिक्सेल रहेको छ भने आस्पेक्ट रेसियो १९ः५ः९ रहेको छ ।। साथै यो फोनको स्क्रिनको प्रोटेक्सनका लागि कर्निङ गोरिल्ला ग्लास थ्री दिइएको छ ।

यसबाहेक यो स्मार्टफोनमा स्नापड्रागन ७६५जी चिपसेट, ६ जीबी एलपीडीडीआर फोर र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । 

क्यामेरा 

फोटोग्राफीका लागि कम्पनीले गुगल पिक्सेल फाइभमा डुअल क्यामेरा सेटअप राखेको छ । जसमा एउटा १२.२ मेगापिक्सेलको प्राइमरी क्यामेरा रहेको छ भने अर्को १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स रहेको छ । साथै यसमा अगाडि पट्टी ८ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । 

पिक्सेल फाइभका अतिरिक्त गुगलले पिक्सेल फोर एको फाइभजी भर्सन समेत सार्वजनिक गरेको छ । गत अगस्टमा पिक्सेल फोर ए ल्याएको थियो ।

अहिले कम्पनीले त्यसैको फाइभजी भेरियन्ट गुगल पिक्सेल फोर ए फाइभजी सार्वजनिक गरेको हो । यसमा पछाडिपट्टी फिंगरप्रिन्ट स्क्यानर दिइएको छ ।

साथै यसमा स्टेरियो स्पिकर र दुई वटा माइक्रोफोन राखिएका छन् । यसको मुल्य भने ४९९ डलर राखिएको छ । यो फोन चाहिँ १५ अक्टुबरदेखि जापानमा उपलब्ध हुनेछ भने त्यसपछि अमेरिकामा र नोभेम्बर तिर अन्य देशमा सार्वजनिक हुने बताइएको छ । 

दुवै फोनमा सुधारिएको क्यामेरा राखिएको छ । जसमा नयाँ अल्ट्रा वाइड क्यामेरा प्रयोग गरिएको छ । सँगसँगै गुगलले नयाँ गुगल असिस्टेन्स फिचर समेत सार्वजनिक गरेको छ । जसले तपाईंले फोन होल्डमा राख्दा कसैले उठाएमा त्यसको नोटिफिकेसन पठाउनेछ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०